बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

छुट्टाछुट्टै स्थानमा ४ जना मृतावस्थामा फेला

शनिबार, २४ साउन २०७७, १६ : १७
शनिबार, २४ साउन २०७७

काठमाडौं । छुट्टाछुट्टै स्थानमा ४ जना मृतावस्थामा फेला परेका छन् । काठमाडौं महानगरपालिका-२८ बागबजारस्थित शहिद शुक्र गल्लीमा हाल एकिन नाम, वतन नखुलेका करिब ५३ बर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी रुपन्देहीको बुटवल उपमहानगरपालिका-७ हिलपार्क गुरुङ डाँडास्थित जंगलमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३० बर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
कन्चनपुरको भिमदत्त नगरपालिका-१२ ऐरीघाटस्थित महाकाली नदीको बीच भागमा पनि अन्दाजी २६ बर्षीया महिला शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् ।
यसैगरी मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका-१ रानीपौवा बस्ने ८२ वर्षीया भुटी गुरुङ आफ्नै घरको कोठामा शनिबार मृत अवस्थामा फेला परेकी छन् ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप