शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चितवन घटना प्रकरण : सेनाको बर्बर यातनापछि राजकुमारको मृत्यु

शनिबार, २४ साउन २०७७, १५ : १५
शनिबार, २४ साउन २०७७

बुटवल । चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थमा खटिएका सैनिकको कुटपिटपछि मृत्यु भएका चितवनको राप्ती नगरपालिका–२ का २४ वर्षीय राजकुमार चेपाङको परिवार र सरोकारवालासगँ मानव अधिकार तथा शान्ति समाज केन्द्रीय टोलीले अनुगमन गरेको छ । 

शनिबार चितवनको चेपाङ्ग घरमा पुगेको टोलीले मृत्तकमा बुवाआमा, श्रीमती तथा अन्य सरोकारवाला पक्षसगँ घटनाबारे सोधपुछ गरेको थियो । 

मानव अधिकार तथा शान्ति सामाजका बरिष्ठ केन्द्रीय उपाध्यक्ष गोविन्द खनाल, केन्द्रीय सचिवद्धय बाबुहरि अचार्य, श्यामसुन्दर पराजुली, मानव अधिकार सञ्जाल चितवनका संयोजक राजेन्द्र पौड्यल, विभागिय संयोजक कमल ढुंगानालगायतको टोली पीडितको घर पुगेको थियो ।

गत साउन १ गते राप्ती नदीमा माछा मार्न गएका राजकुमारसहित पाँच जनालाई निकुञ्जान सुरक्षार्थको लागि खटिएका सैनिक जवानले कुटपिट गरेका थिए ।

कुटपिटबाट घाइते भएका राजकुमारको अवस्था जटिल बन्दै गएएपछि साउन ७ गते थप उपचारका लागि भरतपुर अस्पताल लगिएको थियो । राजकुमारको उपचारकै क्रममा सोही राति मृत्यु भएको थियो ।

शान्ति समाजको टोलीले मृतक आफन्तसँगै घटनामा घाइते भएका सन्तोष चेपाङसँग पनि भेटघाट गरेको छ । शान्ति समाज केन्द्रीय बरिष्ठ उपाध्यक्ष खनालले मृतकको घरपरिवार, घाइते, राप्ती नगरपालिका नगर प्रमुख  प्रभा बरालसगँ भेटघाटमा राजकुमारलाई सेनाले बर्बर यातना दिएर हत्या गरेको रातोपाटीलाई बताए । 

उनले दोषी सिपाहीको नाम अझैसम्म सार्वजनिक सेनाले गर्न नदिएको घटना राणाशासन शैली रहेको भन्दै भत्सर्ना गरे । घुँगी खोज्न पुगेका चेपाङ समुदाय युवाहरुलाई चरम यातना दिएर हत्या गर्ने कार्य घोर अमानवीय र ढुङ्गेयुग जस्तै रहेको छ । 

अझै सेनाको दबदबा हुनु निकै गम्भीर बिषय रहेको उनले बतए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप