राजधानीको पेप्सीकोलामा भर्खर जन्मेको शिशु फेला
शनिबार, २४ साउन २०७७, १२ : ०४
काठमाडौं । राजधानीको कागेश्वरी मनोहरा नगरपालिका स्थित पेप्सिकोलामा नवजात शिशु जिवित अवस्थामा फेला परेका छन् । कपडाले बेरेको अवस्थामा जिवितै फेला परेका शिशुलाई प्रहरीले उद्धार गरेर पेप्सीकोलामा रहेको मदरल्याण्ड अस्पतालमा पठाएको छ ।
मदरल्याण्ड अस्पताल पछाडिको झाडीबाट बच्चालाई उद्धार गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी राजकुमार केसीले जानकारी दिए ।
बच्चा जन्माएर वेवारिसे अवस्थामा झाडीमा फालेको आशंका प्रहरीले सिन्धुपाल्चोकको सिपापोखरी घर भएकी १७ बर्षीया किशोरीलाई पक्राउ गरेको छ । ती किशोरीले प्रहरीसँग ‘बच्चा आफ्नो नभएको’ इन्कारी बयान दिएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
-
कोरोनाले मृत्यु भएका तीन जनाको दाहसंस्कार एक हजार दिनपछि
-
प्रधानमन्त्रीसँग एडीबीका उपाध्यक्षको शिष्टाचार भेट
-
अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबिच दुई सम्झौतामा हस्ताक्षर
-
प्रभु साह नेतृत्वको आजपा र समाजवादी जनएकता पाटीबिच एकता हुने
-
‘ठुल्दिदी’ निर्देशन गर्दै प्रज्ञा