मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

निषेधाज्ञाको पहिलो दिन रौतहटको सबै बजार पूर्ण बन्द

शनिबार, २४ साउन २०७७, ११ : ३२
शनिबार, २४ साउन २०७७

रौतहट – स्थानीय प्रशासनले जारी गरेको ९ दिने निषेधाज्ञाको पहिलो दिन रौतहटमा पूर्ण प्रभाव देखिएको छ । 

जिल्ला प्रशासन कार्यालय रौतहटले गरेको निषेधाज्ञाको कारण सदरमुकाम गौर, चन्द्रपुर, गरुडा, कटहरिया लगायत सबै बजारहरु विहानैदेखि बन्द रहेको छ । 

बजारमा रहेका औषधि पसल ,अस्पतालबाहेक अन्य सबै पसल बन्द रहेका छन् । 

सार्वजनिक यातायातका साथै निजि गाडी पनि चलेको छैन । पूर्व पश्चिम महेन्द्र राजमार्गमा खाद्यान्न र अत्यावश्यक सवारी साधन र  पास लिएका गाडी चलिरहेको र अन्यलाई फर्काइएको ट्राफिक प्रहरी कार्यालय चन्द्रपुरका सई होम बहादुर भित्रीकोटिले जानकारी दिएका छन् । 

रौतहटमा समुदायभित्र कोरोना भाइरसको संक्रमण फैलिएपछि नियन्त्रणको लागि सिडिओ बाशुदेव घिमिरेले एक सूचना जारी गर्दै २४ गते शनिवारदेखि अगामी २९ गतेसम्म जिल्लाभरी लागूहुने गरि निषेधाज्ञाको निर्देशन दिएका छन् ।

निषेधाज्ञालाई उलंघन गरेर हिंड्नेलाई संक्रामक रोग एेन २०२० अनुसार कारवाही गर्नुका साथै अवधिभरी क्वारेन्टाइनमा राख्ने सिडिओ घिमिरेले चेतावनी दिएका छन् । 

निषेधाज्ञालाई पूर्ण प्रभावकारी बनाउन नेपाल  प्रहरीका साथै सशस्त्र र नेपाली सेना समेत परिचालन गरिएको छ । 

रौतहटका प्रहरी प्रमुख एसपी रबिराज खड्काले निषेधाज्ञा पूर्णरुपमा सफल बनाउन नेपाल प्रहरी सशस्त्र र नेपाली सेनाको संयुक्त टोली जिल्लाको मुख्य स्थानहरुमा परिचालन गरिएको बताए । 

साथै, ग्रसित बजार तथा गाउँगाउँमा निषेधाज्ञा सफल बनाउन मातहतका सबै प्रहरी युनिटहरुलाई कडाइका साथ निर्देशन दिएको एसपी खड्काले जानकारी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप