शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सुदूरपश्चिममा सक्रिय संक्रमितको संख्या ८ सय १३ पुग्यो

शनिबार, २४ साउन २०७७, ११ : २१
शनिबार, २४ साउन २०७७

कैलाली – सुदूरपश्चिम प्रदेशमा कोरोना सक्रिय संक्रमितको संख्या ८ सय १३ रहेको छ । 

शुक्रवार गएिको परिक्षणमा सतीप्रादेशिक अस्पतालमा १७ र रास्ट्रिय जन–स्वास्थ्य प्रयोगशालामा २ जना संक्रमण पुष्टि भएसंगै सकृय संक्रमितको संख्या ८ सय १३ पुगेको हो ।

सक्रिय संक्रमितमध्ये अछामका १०८,बैतडीका, १६, बझाङ्गका १७४, दार्चुलाका २५, बाजुराका १९,डडेल्धुराका १३, रहेका छन् ।

त्यसैगरी डोटीका १६२, कैलालीका २३०, कंचनपुरका ६६, रहेको स्वास्थ्य निर्देशनालय डोटीले मिडिया ब्रिफिङ्गमा जानकारी दिएको छ  ।

हालसम्म निको हुने संख्या ३ हजार ९३८ छ भने मृत्यु ९ रहेकोसामाजिक बिकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले रातोपाटीलाई जानकारी दिए ।

प्रदेशमा हालसम्म ३९ हजार ८३ जनाको पीसीआर बिधिबाट जाँच गरिएको र ३४ हजार ३२३ मा नेगेटिभ आएको उनले बताए । 

१ हजार ४५४ को रिपोर्ट आउन बाँकी रहेको छ । आरडिटी बिधिबाट १ लाख २४ हजार ६९० जनामा परिक्षण गरिएका मध्ये १० हजार १९२ को पोजिटि  आएको छ ।
 हालसम्म फेला परेका संक्रमितहरु अछामका ७१८, बैतडीका ३२०, बझाङ्गका २८३ ,बाजुरा ४५२, डडेल्धुराका ३०१, दार्चुलाका ३८, डोटीका ७३२ , कैलालीका १३३३ र कंचनपुरका ५८३ गरि ४ हजार ७६० रहेका छन् ।

जसमा महिला १ हजार १६७ , पुरुष ३ हजार ५९३ रहेका छन । क्वारेन्टिाईनमा १ हजार ८९ पुरुष र ३ सय ८९ महिला रहेका छन् ।

प्रदेशका बिभिन्न आईसोलेसनमा शंकास्पद १४ र संक्रमित ७७ गरी ९१ जनाको उपचार भइरहेको छ । ८६४ जना भने सामान्य उपचार पछि घर गईसकेका छन् ।

सेती प्रादेशिक अस्पतालमा ४, टिकापुर ३४ , महाकाली २५, अछाम १०, डोटी २  र मालाखेती  अस्पतालमा २ जनाको  उपचार भईरहेको उनले बताए ।

बाँकीको भने ९ वटै जिल्लाको आइसोलेसनमा उपचार भइरहेको  स्वास्थ्य महाशाखा प्रमुख कार्कीको भनाई छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप