बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

अमेरिकी क्षेत्रको एनआरएनए क्षेत्रीय ज्ञान भेला हुने

शनिबार, २४ साउन २०७७, ०८ : ३३
शनिबार, २४ साउन २०७७

 

अमेरिकी क्षेत्रको लागि एनआरएनए क्षेत्रीय भेला सेप्टेम्बर ५ र ६ मा क्यानडामा हुने भएको छ। उक्त क्षेत्रीय भेलामा एक दिन ज्ञान भेला सञ्चालन गर्न हालै डाक्टर लक्ष्मी पाठकको संयोजकत्वमा डाक्टर आमोद पोख्रेल र वैज्ञानिक नारायण घिमिरे सम्मिलित विज्ञ समूह गठन भएको छ।

एनआरएनए अमेरिकी क्षेत्रको क्षेत्रीय सम्मेलन मूल आयोजन समिति अन्तर्गत गठित स्वतन्त्र विज्ञको रूपमा काम गर्ने विज्ञ समितिले सम्मेलनको लागि आठ क्षेत्र निर्धारण गरी हरेक क्षेत्रका विषय विज्ञहरू लाई सम्बन्धित विषयको ज्ञान गोष्ठीको सभापति समेत तोकेको छ।

सोही सिलसिलामा गत सोमबार बेलुकी अमेरिकी क्षेत्रको लागि गठित एनआरएनए विज्ञ समूह वा थिङ्क टैंक ग्रुपको औपचारिक बैठक बसेको थियो । उक्त औपचारिक बैठकले आयोजित ज्ञान सम्मेलनमा आफ्नो कार्यपत्र प्रस्तुत गर्न चाहने नर्थ अमेरिकी क्षेत्रका (अमेरिका, क्यानडा, मेक्सिको आदि) तेइस मुलुकमा बसोबास गर्ने नेपाली मूलका नेपाली विज्ञ ड़ाएस्पोराहरु बाट अगस्ट २० भित्र आफ्नो कार्यपत्रको सारांश अथवा एब्सट्रयाक्ट तोकिएको ढाँचामा इमेल मार्फत पठाउन आव्हान गरेको छ ।

एनआरएनएको अमेरिकी विज्ञ समूहले पेस गरिएका कार्यपत्रमा प्रत्येक सत्रमा चार ओटा कार्यपत्र समावेश गर्ने समय उपलब्ध गराइने कार्यक्रम छ। पेस गरिएको कार्यपत्रहरू सबै लाई अगस्ट २५ भित्र उक्त कार्यपत्र आयोजित सत्रमा प्रस्तुतिको लागि स्वीकृत भएको हो वा नेपाल सरकार र नेपालको योजना आयोगमा प्रस्तुत गर्न तैयारी गर्न लागिएको कन्फरेन्स डिक्लरेसन र व्हाइट पेपरमा संलग्न गर्नको लागि छनौटमा परेको हो भन्ने बारे जानकारी गराइने बताइएको छ।            

अनलाइन जुमबाट बसेको एनआरएनए अमेरिकी विज्ञ समूहको बैठकले ज्ञान आदान प्रदान गोष्ठी जुम प्रविधि प्रयोग गरि एकै साथ तिन वटा समानान्तर सेसन मार्फत अनलाइनमा गर्ने, जसमा एक कार्यपत्र क्यानडा, एक अमेरिका र एक अमेरिकी क्षेत्र तथा अर्को नेपालबाट समावेश गर्न प्राथमिकता दिने नीति लिएको बुझिएको छ। जसमा जेन्डर ब्यालेन्सको लागि समेत कोसिस गर्ने नीति राखिएको जानकारी प्राप्त भएको छ । 

एनआरएनए क्षेत्रीय संयोजन समितिले तोकेको विज्ञ समूहको औपचारिक निर्णय अनुसार अनुसार पहिलो सेसन अन्तर्गत कोभिड-१९ र यसले अर्थ तन्त्रमा पर्ने असर शीर्षक अन्तर्गत कानुन विद दिल्ली भट्ट, अमेरिका; पब्लिक हेल्थ एन्ड मेडिसिनमा डाक्टर श्याम थापा, अमेरिका; र नलेज एन्ड स्किल इन नर्सिङ प्राक्टिसमा नर्स पार्वती पाण्डे, क्यानडा तोकिनुभएको छ।

दोस्रो समानान्तर सेसनमा इञ्जिनियरिङ्ग, पूर्वाधार विकास र सार्वजनिक सुरक्षामा इन्जिनियर केदार श्रेष्ठ, इनर्जी, वातावरण, विज्ञान तथा प्रविधिमा वातावरण पत्रकार सहज मान श्रेष्ठ, अमेरिका; र शिक्षा,सामाजिक सुदृढीकरण र न्यायिक विकासमा डाक्टर हरि गुरुङ, क्यानडाले सेसनको अध्यक्षता गर्नुहुने छ।

तेस्रो समानान्तर सेसनमा कृषि, बन तथा एलाइड सेक्टरमा डाक्टर कृष्ण हरि गौतम, क्यानडा; र इनोभेसन, उधम्शिलाता र टेक्नोलोजी सेयारिंगमा  डाक्टर मनोज कार्की, अमेरिका; सेसनको अध्यक्ष हुनुहुन्छ। तेस्रो समानान्तर सेसनको अन्तिम तिन घण्टाको समय नेपाल - नर्थ अमेरिका बिजनेस इन्केल्ब चलाउन माग भई आएकोले त्यसको छुटै कार्यक्रम आउने अनुमान गरिएको छ।

समग्रमा अमेरिकी क्षेत्रको लागि एनआरएनए क्षेत्रीय ज्ञान भेलाको लागि अमेरिका र क्यानडाका ज्ञान भेलाका आठ अध्यक्ष र तिन भेला सहजीकरण विज्ञ गरी एघार सदस्सीय अमेरिकी क्षेत्र विज्ञ समूह गठन भएको छ।

एनआरएनए क्यानडा मुख्य होष्ट रहेको सेप्टेम्बर ५ र ६ को कार्यक्रममा ज्ञान सम्मेलनको लागि भने सेप्टेम्बर-६ लाई तोकिएको छ।

सेप्टेम्बर-६ का लागि निर्धारित क्षेत्रीय ज्ञान भेलाका अमेरिकी विज्ञ समूहको संयोजकमा डा. लक्ष्मी पाठक, विशेष संयोजकमा डा अमोद पोखरेल, सह–संयोजकमा नारायण घिमिरे रहनुभएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप