एयर इन्डिया एक्सप्रेसको विमान २ टुक्रा, दुर्घटनापछिको अवस्था तस्बिरमा हेर्नुहोस्
एजेन्सी । शुक्रबार एयर इन्डिया एक्सप्रेसको विमान दुर्घटनामा १४ जनाको मृत्यु भएको छ । भारतको केरलाको कोझिकोड एयरपोर्ट छेउमा भएको उक्त विमान दुर्घटनामा कम्तिमा १४ जनाको मृत्यु भएको हो । मृतकको संख्या बढ्न सक्ने भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् । दुर्घटना १२३ जनाभन्दा बढी घाइते भएको जनाइएको छ । दुवईबाट आइरहेको सो विमानमा चालक दलका सदस्यसहित १९१ जना सवार रहेका थिए जसमा १ सय ७४ जना यात्रु (१० बच्चा) समेत रहेका थिए । जहाज दुई टुक्रा भएको छ ।
इयर इन्डिया एक्सप्रेस कम्पनी विमान दुर्घटनामा परेको सामाजिक सञ्जाल ट्वीटमार्फत पुष्टि गरेको छ । त्यस्तै भारतीय उड्डयन मन्त्रालयका अनुसार शुक्रबार साँझ ७ बजेर ४१ मिनेटमा विमान दुर्घटनामा परेको जनाएको छ । विमान ल्यान्ड गर्ने क्रममा रनवेबाट बाहिर गएको मन्त्रालयले जनाएको छ । सोही दुघर्टनापछिका तस्बिरहरुलाई हामीले यहाँ प्रस्तुत गरेका छौं । तस्बिरः दैनिक भाष्कर
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी