बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सिरहाको गोलबजारमा पनि लकडाउन घोषणा

शुक्रबार, २३ साउन २०७७, २२ : ४०
शुक्रबार, २३ साउन २०७७

सिरहा । सिरहा जिल्लाको गोलबजार नगरपालिकामा पनि लकडाउनको घोाषणा गरिएको छ । गोलबजारमा आज १२ बजे रातीदेखि ९ दिनका लागी लकडाउनको घोषणा गरिएको हो । लकडाउनका बेला चिया पसल, हाट बजार, होटेल तथा रेस्टुरेन्ट, ठेला गाडा पूर्ण रूपमा बन्द हुने गोलबजार नगरपालिकाका नगर प्रबक्ता उमेश बरालले  जानकारी दिए ।

त्यस्तै पूर्वपश्चिम लोकमार्गमा चल्ने अति आवश्यक सवारी साधनबाहेक नगर क्षेत्रभित्र चल्ने सवारी साधनमा पूर्ण रूपमा रोक लगाइएको छ। लकडाउनको समय अवधिमा नगर क्षेत्रभित्रका सबै पसल कलकारखाना  बन्द रहने प्रवक्ता बरालले बताए ।

बिहीबार  गोलबजार नगरपालिका वडा नं–१२का   २३ वर्षीय एक युवकको कोरोना संक्रमणबाट मृत्युु भएको थियो ।  छिमेकी जिल्ला सप्तरीमा तीव्र रूपमा सङ्क्रमण फैलिरहेकोले नगर कार्यपालिकाको आपत्कालिन बैठकले  निषेधाज्ञा लगाउने निर्णय गरेको हो । यसअघि मिर्चैया नगरपालिकाले बिहीबारदेखि साउन ३२ गतेसम्म नगरक्षेत्रमा लकडाउनको घोषणा गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप