शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

वीरगन्जमा कोरोनाका कारण थप एकको मृत्यु

शुक्रबार, २३ साउन २०७७, २० : ५५
शुक्रबार, २३ साउन २०७७

वीरगन्जमा शुक्रबार कोरोना भाइरस कारण थप एक जनाको मृत्यु भएको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर ३ छपकैया निवासी ६५ वर्षीय पुरुषको गण्डकस्थितनारायणी अस्पताल विषेश कोरोना अस्थायी कोभिड अस्पताल गण्डकमा उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको अस्पतालका डाक्टर उदय नारायण सिंहले जानकारी दिए ।

कोभिड अस्पतालमा उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएका ६५ वर्षीया पुरुषको शुक्रबार साँझ पीसीआर रिपोर्ट पोजेटिभ आएको कोभिड अस्पतालका डाक्टर सिंहले जानकारी दिए ।

शुक्रबार बिहान मृत्यु भएपछि ती पुरुषको स्वाब संकलन गरेर पीसीआर जाँचका लागि नारायणी अस्पतालमा पठाइएको थियो । 

डाक्टर सिंहका अनुसार दमका रोगी ती पुरुषमा बिहीबार साँझ अचानक ज्वरो आउनुका साथै श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि एडभान्स अस्पताल लगिएको थियो । 

एडभान्स अस्पतालको आकस्मिक कक्षमा उपचारका क्रममा स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई नेशनल मेडिकल कलेजमा लगिएको थियो । 

नेशनल मेडिकल कलेजले भर्ना गर्न नमानेपछि उनलाई बिहीबार साँझ गण्डकस्थित कोभिड अस्पतालमा लगेर भर्ना गरिएको र उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको डाक्टर सिंहले बताए । 

योसँगै पर्सामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २० पुगेको छ । साउनमा मात्रै पर्सामा १६ जनाको मृत्यु भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप