जनताको आधारभूत आवश्यकतामा कम्युनिस्ट सरकार निरपेक्ष देखियो : उपसभापति निधि
नेपाली काँग्रेसका सभापति विमलेन्द्र निधिले राजनीतिक रुपमा महत्वपूर्ण परिवर्तन भएपनि तिनको संस्थागत विकास र कार्यान्वयन हुन बाँकी रहेको बताएका छन् ।
काँग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले डेमोक्रेटिक लयर्स् एसोसिएसन (डीएल्ए) को संयोजनमा प्रशिक्षण कार्यक्रमको उपसभापति निधिले जनताको आधारभूत आवश्यकता पुरा गरी विकासको गति लिनु कुरामा कम्युनिस्ट नेतृत्वको सरकार निरपेक्ष देखिएको बताए ।
यस्तो अवस्थामा लोकतन्त्रमा विश्वास गर्ने सबै पक्षले गम्भीर हुनुपर्ने उनले विचार प्रकट गरे । डिएलएका अध्यक्ष योगेन्द्रबहादुर अधिकारीको सभापतित्वमा जुम प्रविधि मार्फत भएको कार्यक्रममा एकसय तीस भन्दा बढीको सहभागिता रहेको थियो ।
प्रतिष्ठानका कार्यकारी निर्देशक प्रा. पुरुषोत्तम दाहाल, नीति निर्देशक डा. जगदीशचन्द्र पोख्रेल, अनुसन्धान निर्देशक डा. सूर्य ढुंगेल, प्रशिक्षण निर्देशक खिलानाथ दाहाल तथा प्रतिष्ठानका सदस्य राजु नेपालको प्रस्तुति रहेको थियो ।
महासचिव लक्ष्मी दाहाल रावलले सहजीकरण गरेकी थिइन भने उपाध्यक्षद्वय डा. सुषमा बाँस्कोटा र सुरेश पौडेलले विषय सन्दर्भमाथि मन्तव्य दिएका थिए ।
प्राजातान्त्रिक कानून व्यवसायीहरुलाई समाजवाद, सामाजिक न्याय र नेपाली काँग्रेसको रणनीति, नेपाली कांग्रेसले तय गरेका नीति, डीएलए र नेपाली कांग्रेसको सम्बन्ध, नेपाली कांग्रेसको विधान तथा वर्तमान सरकारका गम्भीर त्रुटीहरुका विषयमा प्रशिक्षण गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी