शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सुकेधाराबाट हात्तीको दाह्रासहित ३ जना पक्राउ

शुक्रबार, २३ साउन २०७७, १९ : ४१
शुक्रबार, २३ साउन २०७७

काठमाडौं । हात्तीको दाह्रासहित प्रहरीले आज काठमाडौँको सुकेधाराबाट तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँचथर घर भई काठमाडौं कपन बस्ने २८ वर्षीय रुद्र लिम्बु, सिन्धुपाल्चोक घर भई सोही ठाउँ बस्ने २५ वर्षीय हरि कार्की र गोरखा घर भई काठमाडौं सामाखुसी बस्ने २२ वर्षीय सुबोध देवकोटा रहेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ । 

आज अपराह्न १ः३० बजे काठमाडौँ महानगरपालिका–४ सुकेधारामा हात्तीको दाह्राको खरिद बिक्री हुँदैछ भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिए । उनीहरुको साथबाट १० इञ्च लामो हात्तीको दाह्रा बरामद गरिएको छ । उनीहरुको विषयमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप