मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

शुक्रबार, २३ साउन २०७७, १८ : ५२
शुक्रबार, २३ साउन २०७७

रौतहट । लागूऔषध मुद्दामा फरार एकजना प्रतिवादिलाई रौतहट प्रहरीले पक्राउ गरेको छ । रौतहट जिल्ला अदालत, गौरको लगत नं. १७५४ लागुऔषध मुद्दामा ६ महिना कैद र ५,०००।- जरिवाना भई फरार रहेका प्रतिवादी जिल्ला रौतहट चन्द्रपुर नपा वडा नं. १ बस्ने ४१ वर्षीय सन्तोष भन्ने खिलनाथ दाहाललाई ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको टोलीले पक्राउ गरेको हो ।

शुक्रबार पक्राउ परेका दाहाल लाई रौतहट जिल्ला अदालत गौरमा आवश्यक कार्वाहीको लागि पेश गरिने डिएसपी हेमबहादुर शाहीले जानकारी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप