विश्वमा कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुने व्यक्तिको संख्या ७ लाख १८ हजार नाघ्यो
एजेन्सी । विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण सात लाख १८ हजार ७७ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शुक्रबार जानकारी दिएको छ । सो संगठनकाअनुसार शुक्रबारसम्म विश्वभरमा एक करोड ९२ लाख ७९ हजार ७७ जना व्यक्ति कोरोना सङ्क्रमित भएका छन् ।
सङ्क्रमितमध्ये हालसम्म एक करोड २३ लाख ७५ हजार ३७३ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ६१ लाख ८५ हजार ६८० व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरुको उपचार भइरहेको छ । सङ्क्रमितमध्ये ६५ हजार २६३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस सङ्क्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ५० लाख ३२ हजार ५४७ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा एक लाख ६२ हजार ८०५ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।
दक्षिण अमेरिकामा ४५ लाख ४४ हजार २५४ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ एक लाख ५४ हजार ८९२ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ५९ लाख २० हजार ३५३ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ दुई लाख २९ हजार ८८७ जनाको मृत्यु भएको छ ।
युरोपमा २९ लाख ९० हजार २३३ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् भने दुई लाख ५ हजार ३९० को मृत्यु भएको छ । एसिया ४७ लाख ८६ हजार ९ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने एक लाख ५ हजार ३४८ जनाको मृत्यु भएको छ ।
अफ्रिकामा दश लाख ११ हजार ८७६ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने २२ हजार ११४ जनाको मृत्यु भएको छ । ओसियानामा २२ हजार ११५ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने २९२ जनाको मृत्यु भएको छ । –एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय अदालतद्वारा गाजामा निर्बाध सहायता अनुमति दिन आदेश
-
भारतमा ट्याक्सी दुर्घटना हुँदा १० जनाको मृत्यु
-
शुक्लाफाँटामा बाह्रसिङ्गाको गणना हुँदै
-
कांग्रेस नेता खुमबहादुरको योगदान अतुलनीय छ : सभापति देउवा
-
बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज काठमाडौँमा
-
राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गर्छौं : मन्त्री भण्डारी