काँग्रेसको कोरोना अनुगमन समितिद्वारा नेपाल मेडिकल एसोसिएशनसँग छलफल
शुक्रबार, २३ साउन २०७७, १६ : ४८
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको कोरोना अनुगमन समितिले नेपाल मेडिकल एसोसिएशनसँग छलफल गरेको छ । मेडिकल एसोसिएशन र कोरोना अनुगमन समितिको शुक्रबारको छलफलले सरकार पूर्व तयारीका सवालमा चुकेको निस्कर्ष निकालेको छ ।
साथै सीमानाका भएर आउनेहरुको स्वास्थ्य व्यवस्थापनको उचित प्रवन्ध गर्नेपर्नेमा जोड दिइएको छ । परीक्षणको दायरा बढाउनु पर्ने, आइसोलेशन बेर्ड र भेन्टिलेटरसहित कोभिड अस्पतालको संख्या बढाउनु पर्ने छलफलका सहभागीका् भनाइ थियो ।
बिरामी उपचारको ब्यवसथा यथाशीघ्र मिलाउनु पर्ने छलफलले निस्कर्ष निकालेको छ । छलफलमा समितिबाट संयोजक प्रकाशरण महत, सदस्यहरु एनपी साउद, चन्द्र भण्डारी, नैनसिंह महरलगायत थिए भने मेडिकल एसोसिएशनका अध्यक्ष लोचन कार्कीसहतिका पदाधिकारीको सहभागीता थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकल र साझा अधिकार सूचीमा रहेका कानुनहरू तीनै तहका सरकारले छिटो बनाउनुपर्छ : मन्त्री श्रेष्ठ
-
तस्बिरमा हेर्नुहोस् पूर्वाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोह
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
रङ्गियो काठमाडौँ, ज्याकाराण्डा ढकमक्क (तस्बिरहरु)
-
९ महिनामा गण्डकी प्रदेशको पुँजीगत खर्च २९ प्रतिशत मात्रै
-
बौद्धिक पलायन रोक्न पाठ्यक्रम परिमार्जन गरौँ : प्रधानमन्त्री