शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अनशनरत युवाको जीवन रक्षा गर्न र कोरोनाको बढ्दो चुनौतिबारे नयाँ रणनीति बनाउन काँग्रेसको माग

शुक्रबार, २३ साउन २०७७, १६ : २२
शुक्रबार, २३ साउन २०७७

काठमाडौं । नेपाली काँग्रेसले आमरण अनशनमा बसेका युवाको माग सम्बोधनका सरकारसँग आग्रह गरेको छ । कोभिड–१९ विरुद्ध सरकारको प्रभावकारी र पारदर्शी पहल माग गरेर ईः (इशान अधिकारी) २० दिनदेखि आमरण अनशनमा छन् । 

काँग्रेस प्रवक्ता विश्प्रकाश शर्माले अनशनरत युवाहरूको भावनालाई अविलम्ब सम्बोधन गरेर जीवन रक्षा गर्न र कोरोना विरुद्धको संघर्षमा व्यापक बढेको चुनौती सामना गर्ने ढंगले नवीन रणनीति एवं अपेक्षित गतिका साथ कार्य गर्न सरकारसँग माग गरे ।

शर्माले शुक्रबार पे्रस विज्ञप्ति जारी गरी अनशन बसेको २० दिन भइसक्दा  पनि संवाद र समाधानका लागि सरकार गम्भीर नदेखिनु दुःखद भएको बताए । कोरोनाबाट नेपाल र नेपालीको रक्षा गर्न युद्धस्तरमा कार्य गर्न दबाबका लागि सडक प्रदर्शन र अनशनमा ओर्लनुपर्ने अवस्था आउनु सरकारका लागि लज्जास्पद घटना भएको विज्ञप्तिमा उल्लेख छ ।

कोरोना विरुद्धको संघर्षमा युद्धस्तरमा कार्य गर्न काँग्रेसले शुरुवात देखिनै विभिन्न सुझाव र मागअघि सार्दै आएको शर्माले बताए । 

विज्ञप्तिमा भनिएको छ, 'पर्याप्त स्वास्थ सामग्री ब्यवस्थापन, खरिदमा भएको भ्रष्टाचारमा कारबाही, समुदाय स्तरमा व्यापक पीसिआर परिक्षण, आरडिटी खारेजी, मापदण्ड अनुसार क्वारेन्टिन ब्यवस्थापन, कोभिड अस्पतालहरु विस्तार, आइसोलेसन वार्ड र अत्यावश्यक भेन्टिलेटरको व्यापक ब्यवस्था, बिदेशमा अप्ठ्यारोमा परेकालाई निःशुल्क उद्वार, सीमा नाकामा कडाई, श्रमिक, बेरोजगार र विद्यार्थीलाई राहत लगायतका मागहरू वक्तव्य, प्रत्यक्ष संवाद, संसदमा ध्यानाकर्षण देखि स्वदेश–बिदेशबाट एकसाथ ज्ञापनपत्र मार्फत नेपाली कांग्रेसले निरन्तर सरकार समक्ष प्रस्तुत गरेको छ ।'

तर जनताको जीवन रक्षा गर्न युद्धस्तरमा कार्य गर्ने जिम्मेवारीबोध र शासकीय क्षमता दुबै कुरा सरकारसँग नदेखिएको काँग्रेसको आरोप छ । यस्तो अवस्थामा सरकारका विरुद्ध जनआक्रोश बढ्नु र प्रदर्शनहरु हुनु स्वभाविक भएका शर्माले भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप