बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

वीर अस्पतालमा कार्यरत थप १ चिकित्सकमा कोरोना संक्रमण

शुक्रबार, २३ साउन २०७७, १५ : ०५
शुक्रबार, २३ साउन २०७७

काठमाडौं । वीर अस्पतालमा कार्यरत थप १ जना चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार  अस्पतालको आकस्मिक कक्षमा कार्यरत एक चिकित्सकलाई कोरोना भाइरस संक्रमण देखिएको अस्पतालका निर्देशक डाक्टर केदार सेञ्चुरीले जानकारी दिए । वीर अस्पतालमा बिहीबार पनि इन्टरनल मेडिसिन विभागमा कार्यरत चिकित्सलाई कोरोना पुष्टि भएको थियो ।

कोरोना संक्रमित दुवै जना चिकित्सकलाई लक्षण देखिएको छ । अस्पतालका २ चिकित्सकमा कोरोना संक्रमण भएको पुष्टि भएपछि ३५ जना कर्मचारीलाई क्वारेन्टाइनमा राखिएको निर्देशक डाक्टर सेञ्चुरीले बताए । यस्तै मंगलबार र बुधबार अस्पतालमा उपचाररत ३ बिरामीलाई समेत कोरोना पुष्टि भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप