बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

घोराही–तुलसीपुर–लमही सडकखण्ड अबदेखि गोरक्ष मार्ग

शुक्रबार, २३ साउन २०७७, १४ : ३६
शुक्रबार, २३ साउन २०७७

घोराही । जिल्ला समन्वय समिति दाङको जिल्ला सभाले घोराही(लमही(तुलसिपुर सडक खण्डको नाम फेरेको छ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न जिल्ला सभाले उक्त सडक खण्डको नयाँ नामाकरण गरेको हो । उक्त सडकखण्डको नाम अबदेखि गोरक्ष मार्ग राख्ने सर्वसम्मत प्रस्ताव पारित भएको छ ।  

जिल्ला सभाबाट पारित उक्त निर्णय कार्यान्वयनका लागि पठाउने निर्णय गरिएको जिल्ला समन्वय समिति दाङका सभापति जितेन्द्रमान नेपालीले बताए । उनले दाङका दशवटै स्थानीय तहका प्रमुख, उपप्रमुखससहित समन्वय समितिका पदाधिकारी,  राजनीतिक दलका अगुवाहरुसहित सरोकारवालाहरुको सहभागितामा भएको जिल्ला सभाले सर्वसम्मत निर्णय गरेको बताए ।

जिल्ला सभामा प्रदेश सभा सदस्यहरु अमर डाँगी, दामा शर्मा, इन्द्रजित थारु, वंगलाचुलि गाँउपालिका अध्यक्ष भक्तबहादुर वली लगायतका पूर्व माओवादी खेमाकै उपस्थिति रहेको थियो । यद्यपि, पूर्व माओवादी पक्षले भने सो सडकखण्डलाई मन्त्रिपरिषदको निर्णयबाट यसअघि नै कृष्णसेन इच्छुक मार्ग राखिसकेकोले नयाँ नामाकरण गरेर प्रतिगागी निर्णय गरिएको आरोप लगाएका छन् । उनीहरुले उक्त निर्णय सच्याउन सामाजिक सञ्जालमार्फत समेत आग्रह गरिरहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप