डिल्लीबजार कारागारबाट रेशम चौधरीलाई वीर अस्पताल पुर्याइयो
शुक्रबार, २३ साउन २०७७, १४ : २४
काठमाडौँ । कैलालीको टीकापुर काण्डका मुख्य अभियुक्त रेशम चौधरीलाई वीर अस्पताल पुर्याइएको छ । डिल्लीबजार कारागारमा रहेका चौधरीको खुट्टा सुनिएपछि अस्पताल पुर्याइएको हो ।
खुट्टा सुनिएसँगै ज्वरो आउन थालेपछि चौधरीलाई अस्पताल लगिएको डिल्लीबजार कारागार स्रोतले जनाएको छ । २०७५ पुस १९ मा चौधरी कारागार चलान भएका थिए ।
२०७२ भदौ ७ गते टीकापुरमा भएको घटनामा ७ जना प्रहरीसहित ८ जनाको ज्यान गएको थियो । सो घटनामा संलग्न भएको भन्दै चौधरीविरूद्ध मुद्दा लागेको थियो ।
घटनापछि फरार रहेका चौधरीले सार्वजनिक नभइकनै प्रतिनिधि सभामा उम्मेद्वारी दिई कैलाली क्षेत्र नम्बर १ बाट विजयी समेत भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसपा कार्यकारिणी समितिको बैठक आज, यस्ता छन् छलफलका एजेन्डा
-
कक्षा १२ को परीक्षा आजदेखि, तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै
-
आज यी पाँच प्रदेशमा वर्षासँगै हावाहुरीको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा