मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

एके–४७ बोकेका तीन युवा डोनल्ड ट्रम्पको रिसोर्टमा घुसे, पक्राउ

शुक्रबार, २३ साउन २०७७, १४ : ०८
शुक्रबार, २३ साउन २०७७

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पको फ्लोरिडास्थित रिसोर्टमा शुक्रबार तीन युवक  प्रवेश गरेका छन् । उनीहरुसँग सेमीअटोमेटिक एके–४७ राइफल थियो । प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ । ट्रम्पको यो विलासी रिसोर्ट फोर्ट लडेरडेलमा छ । यसको नाम मार–ए–लेगो हो । यहाँ यस्तो घुसपैठ पहिलो पटक भएको भने होइन । जबदेखि ट्रम्प राष्ट्रपति बनेका छन् त्यतिबेलादेखि यहाँ चारपटक घुसपैठ भएको छ ।  

यसपटक के भयो ?

पाम बीच प्रहरीका प्रवक्ताले भने, ‘प्रहरीबाट बच्ने कोसिसमा तीन युवाले मार–ए–लेगो रिसोर्टमा लगाएको पर्खाल नाघेर भित्र प्रवेश गरे । उनीहरु गार्डनसम्म पुगेका थिए, केही बेरमा नै  प्रहरीले उनीहरुलाई पक्राउ गरे । यीमध्ये एक युवकसँग ब्याग थियो । यसमा सेमीअटोमेटिक एके–४७ राइफल र १४ राउन्ड म्यागजिन बरामद भयो । हामीलाई लाग्छ कि यी युवकलाई यो राष्ट्रपतिको रिसोर्ट हो भन्ने थाहा थिएन । थप अनुसन्धान भइरहेको छ । राम्रो कुरा के हो भने ट्रम्प र उनको परिवार यहाँ थिएनन् ।’

प्रहरीले ३ किलोमिटर पिछा गर्योः

प्रहरीका अनुसार शुक्रबार बिहान मार–ए–लेगोबाट करिब तीन किलोमिटर टाढा एक संदिग्ध कार देखियो । प्रहरी यसको नजिक पुग्ने बित्तिकै कारका ड्राइभरले गती बढाए । कार मार–ए–लेगोको नजिक पुग्यो । यहाँबाट तीन युवक निस्किए र रिसोर्टतर्फ भागे । पर्खाल नोघेर गार्डनसम्म पुगे । हेलिकोप्टर र स्निफर डगको मद्दतले उनीहरुको खोजी गरियो र पक्राउ गरियो । यी युवकले बोकेका राइफल चोरी गरिएको थियो ।

कस्तो छ मार–ए–लेगो रिसोर्टः

बिजनेस इनसाइट वेबसाइटका अनुसार मार–ए–लेगो क्लब र रिसोर्ट २० एकडमा फैलिएको छ । यसमा १२८ आलिशान कोठा, हल र डायनिङ फेसेलिटिज छ । सन् १९२७ मा यसको ओरिजिनल बिल्डिङ तयार भएको थियो । यस वरिपरिको क्षेत्रलाई पाम बीच भनिन्छ । नजिकै एट्लान्टिक महासागर छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप