जंगलमा बाघले तर्साएपछि दर्जन बाँदरको हृदयघातका कारण मृत्यु
डेली मेल
एक दर्जन बाँदरलाई भारतको एक जंगलमा मृत अवस्थामा भेटिएको छ । पशु चिकित्सकको दाबी अनुसार बाँदरलाई बाघले तर्साएपछि उनीहरु सबैको हृदयघातका कारण मृत्यु भएको हो ।
स्थानीयले बाँदरको सामूहिक मृत्युको खबर सम्बन्धित निकायलाई दिएका थिए ।
उनीहरुलाई विष खुवाएर मारिएको आशंकामा पोष्टमार्टम गरिएको र रिपोर्टमा यी सबैको एउटै समयमा हृदयघातका कारण मृत्यु भएको बताइएको छ ।
‘ती बाँदरहरु बाघको गर्जनका कारण डराएपछि हृदयघात भएको हुनसक्छ किनभने उक्त स्थानमा बाघ घुमिरहने गर्दछन् ।’
वन विभागका कर्मचारीले बाँदरलाई सोमबार भेटेको र उनीहरुको शरिरलाई पोलिथिन ब्यागमा राखेको बताइएको छ ।
सामूहिक हृदयघातको वन्यजीव विशेषज्ञले आपत्ति जनाएका छन् । उनीहरुले बाँदरको मृत्यु कुनै संक्रमणका कारण भएको दाबी गरेका छन् ।
पशु चिकित्सक डा. विजेन्द्र सिंहले टाइम्स अफ इन्डियालाई भने, ‘बाँदर वन्यजन्तु हुन् त्यसकारण उनीहरुको यसरी मृत्यु हुन असम्भव छ । यी सबै बाँदरलाई सम्भवतः कुनै भयानक संक्रमण भएको हुनसक्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा