शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मेलम्ची शिखरपुरका १५ घर पहिरोको जोखिममा

शुक्रबार, २३ साउन २०७७, १२ : ५५
शुक्रबार, २३ साउन २०७७

मेलम्ची । अविरल वर्षाले मेलम्ची नगरपालिका–१० शिखरपुरका १५ घर जोखिममा परेका छन् । स्थानीय राजु दाहाल, भेषलाल दाहाल, सन्तोष दाहाल, पुण्यप्रसाद दाहाल, पम्फा दाहाल, तुलाराम दाहाल, लिलानाथ दाहालको सहित १५ घरधुरी अविरल वर्षाका कारण उच्च जोखिममा परेको हो ।
 
स्थानीय सोही ठाउँमै जोखिम मोलेर बसेको स्थानीय राजु दाहालले जानकारी दिए । उनले बस्ती नै उच्च जोखिममा परे पनि स्थानीय तहले कुनै चासो नदिएको भन्दै आवश्यक पहल गरिदिन आग्रह गरे । प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले नगरपालिकासँग सम्पर्क गरेर टेन्ट, पालजस्ता तत्काल आवश्यक पर्ने सामग्री उपलब्ध गराउन सकिने बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप