बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

‘बिच्छेद’मा भित्रिइन् लक्ष्मी

शुक्रबार, २३ साउन २०७७, ११ : २४
शुक्रबार, २३ साउन २०७७

काठमाडौं । फिल्म ‘बिच्छेद’ छायाँकन आगामी तिहार लगतै सुरु हुने भएको छ । गत ५ चैतबाट फ्लोरमा निस्किएको फिल्मको छायाँकन लकडाउनका कारण रोकिएको थियो । अब तिहारपछि मात्र छायाँकन सुरु हुने निर्माण युनिटले जानकारी दियो ।

सत्यराज चौलागाईंको निर्देशन रहेने फिल्ममा अभिनेता मुकुन भुषाल र अभिनेत्री लक्ष्मी वर्देवा जोडीको रुपमा देखिने छन् ।

फिल्मका लागि पहिले अभिनेत्रीको रुपमा केकी अधिकारी भित्रिएकी थिइन् । ‘परदेशी–२’ सँग यसको छायाँकन मिति जुध्ने भएपछि उनले ‘बिच्छेद’ छाडेकी हुन् । मुकुन र लक्ष्मीले यसअघि फिल्म ‘बुलबुल’मा काम गरेका थिए ।

राज पण्डित र सुबास राई निर्माता रहेको फिल्ममा सुष्मा निरौला, प्रिया रिजाल, लय सङ्ग्रौला, हिउवाला गौतम, सरिता राजउपाध्याय, जीवन थापालगायतका कलाकारको अभिनय रहनेछ ।

फिल्मलाई अर्को वर्ष प्रदर्शन गर्ने निर्माण टिमको तयारी छ । रामेछापको एक गाउँमा सम्पूर्ण छायांकन हुने फिल्म प्रदर्शन पछि यही टिमले ‘अन्तरे’ निर्माण गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप