बेल सिटीविरुद्ध खेल्न नै चाहेनन् : जिदान
शुक्रबार, २३ साउन २०७७, ०८ : ०६
रियल म्याड्रिडका म्यानेजर जिनेदिन जिदानले गेराथ बेलले च्याम्पियन्स लिगको अन्तिम १६ मा म्यान्चेस्टर सिटीविरुद्धको खेलमा ‘खेल्न नचाहेको’ जानकारी दिएका छन् । शुक्रबार हुने खेलमा बेल रियलको २४ जनाको टोलीमा अटाउन असफल भएका हुन् ।
‘मेरो र बेलबीच व्यक्तिगत कुराकानी भएको थियो । उनले खेल्न अनिच्छा देखाए,’ जिदानले भने, ‘बाँकी कुरा उनी र मेरो बीचमा छ तर उनले खेल्न चाहेनन् ।’ खेलमा खेल्ने सुनिश्चितता नभएको कारण बेल म्यान्चेस्टर आउन अस्वीकार गरेको बीबीसीले जनाएको छ ।
३१ वर्षीय बेलले यो सिजन रियलका लागि कूल १४ खेलमात्र खेलेका छन् । जुनमा फुटबल पुनः सुरुवात भए यता उनले मात्र २ खेल खेलेका छन् ।
गत फेब्रुअरीमा भएको पहिलो लेगमा सिटी २–१ गोलअन्तरले विजयी भएको थियो । आजको विजेता टोलीले लियोन र युभेन्टसको विजेतासँग क्वार्टरफाइनलमा भिड्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजको मौसम : चट्याङसहित हल्का वर्षादेखि हावाहुरीको सम्भावना
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल