हेलचेक्र्याइँ गर्दा कोरोनाले लिन्छ ज्यान
ललितपुर – कोरोना संक्रमणबाट गत शुक्रबार ललितपुर–१४ थसिखेलकी ६७ वर्षीया महिलाको मृत्यु भयो । वीरगन्जबाट फर्किएको केही समयपछि मृतक महिलालाई कोरोना पुष्टि भएको थियो ।
उनको परिवारका अन्य पाँच जनालाई पनि कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । कार्यालय प्रमुख खगेश्वर गेलालका अनुसार ती महिला तराईबाट आएपछि क्वारेन्टाइनमा बसिनन् । घर बस्दा न्यूनतम स्वास्थ्य सावधानी पनि नअपनाइएकाले सो परिवारका अन्यलाई पनि संक्रमण भएको थियो । वीरगन्जबाट आएको केही दिनमा कोरोनाका लक्षण देखिन थालेपछि मात्रै ती महिला अस्पताल पुगेकी थिइन् ।
उनी उच्च रक्तचापको बिरामीसमेत थिइन् । कोरोना संक्रमण पुष्टि भएको केही दिनमा पाटन अस्पतालमा उनको मृत्यु भयो । तराईबाट आएर परिवारका सदस्यसँगको घुलमिल र हेलचेक्र्याइँले अन्यमा समेत संक्रमण देखिएको गेलालको भनाइ छ । ‘क्वारेन्टाइन नबस्दा र परिवारका सबै सदस्य घुलमिल हुँदा समस्या देखियो’, उनले भने, ‘कोरोना परीक्षण पनि भएको थिएन, हेलचेक्र्याइँले ज्यानसमेत लिन सक्छ ।’ यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा नितु घलेले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्पतालमा श्रमिक लक्षित बेडको व्यवस्थापन गर्न श्रम मन्त्रालयको आग्रह
-
प्रतिवेदनमा औँल्याइएका सुझाव कार्यान्वयन हुन्छ : प्रधानमन्त्री प्रचण्ड
-
अर्घाखाँचीमा टिपर दुर्घटना, चालक र सहचालक घाइते
-
आयरल्यान्ड ‘ए’ विरुद्ध लोकेश बमको अर्धशतक
-
नेपाललाई जितका लागि ६० बलमा १४४ रन आवश्यक
-
एन्फा महासचिव राईमाथि कारबाहीको माग गर्दै खेलकुद मन्त्री समक्ष निवेदन