शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बिस्फोटपछि लेबनानमा ह्वात्तै बढ्न सक्छन् कोरोनाभाइरसका संक्रमितः स्वास्थ्यमन्त्री

शुक्रबार, २३ साउन २०७७, ०६ : ०८
शुक्रबार, २३ साउन २०७७

लेबनानमा कोरोना संक्रमितको संख्यामा ह्वात्तै वृद्धि हुनसक्ने प्रक्षेपण गरिएको छ । बेरुतमा भएको बिस्फोटपछि स्वास्थ्य सुविधामा निश्चित रुपमा दबाब बढेको छ र यस्तोमा कोरोना संक्रमितको संख्या बढ्न सक्ने देशका स्वास्थ्यमन्त्रीले आशंका गरेका छन् ।

लेबनानको राजधानी बेरुतमा मंगलबार भएको बिस्फोटमा हालसम्म कम्तीमा १ सय ३७ जना मारिएको पुष्टि भइसकेको छ । हालको समयमा कोरोना संक्रमितको संख्या बढ्ने आशंकाले चिन्ता बढाएको छ ।

लेबनानका स्वास्थ्यमन्त्री हमद हसनले स्थानीय मिडियासँग भने, ‘घाइतेको सहायत र सुरक्षात्मक आपूर्तीको कमीका कारण कोरोनाभाइरस संक्रमितको संख्यामा असर पर्न सक्छ ।’

उनले केही दिनभित्र कोरोना संक्रमितका लागि फिल्ड अस्पतालको प्रबन्ध मिलाइने आश्वासन दिएका छन् ।

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप