कृष्ण कार्की र अप्सरा घिमिरको ‘डुब्लिकेट माया’
बिहीबार, २२ साउन २०७७, २२ : १७
काठमाडौं – गायक कृष्ण कार्कीको स्वरमा ‘डुब्लिकेट माया’ युट्युबमा सार्वजनिक भएको छ ।
बिहीबार सामाजिक सञ्जाल युट्युबमा सार्वजनिक भएको यो गीतमा गायक कार्कीसँगै अप्सरा घिमिरेको पनि स्वर रहेको छ ।
यसअघि ‘घरबार’ बोलको गीत गाएर चर्चामा आएका गायक कार्कीको नयाँ गीत ‘डुब्लिकेट माया’ मा टुरिष्ट जंग बिकको शब्द रहेको छ भने सन्तोष सुनारको संगित रहेको छ ।
यसैगरी, रिकेश गुरुङले एरेन्ज गरेको यस गीतलाई मनोज बस्नेतले निर्देशन गरेका छन् । गीतमा अभिनेता नाजिर हुसेन, अभिनेत्री आँचल शर्मा र लोकप्रिय हाँस्यकलाकार सागर लम्साल ‘बले’ को अभिनय रहेको छ ।
उक्त गीत एट के एभेरेष्ट मोशन पिक्चर्सको युट्युब एकाउन्टमार्फत सार्वजनिक भएको छ ।
भिडियोः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हङ्कङ र काठमाडौँमा प्रदर्शन हुँदै फिल्म ‘युक्पुङ’
-
पूर्वमन्त्री आलमलाई जन्मकैदको फैसला
-
टोपबहादुरसहित ७ जनालाई थुनामै राख्ने सर्वोच्चको आदेशमा के छ ? (आदेशसहित)
-
नक्कली शरणार्थी प्रकरण : शमशेर मियाँबारे उच्च अदालतको आदेश बदर
-
शेर्पा र चौधरीलाई धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश
-
टोपबहादुरसहित ७ जनालाई धरौटीलाई छाड्न सर्वोच्चको अस्वीकार