शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

चुच्चेपाटीमा तेजाब नभएर तारपिन तेल हानेको रहेछ : प्रहरी

बिहीबार, २२ साउन २०७७, २१ : ४४
बिहीबार, २२ साउन २०७७

काठमाडौँको बौद्धस्थित चुच्चेपाटीमा गए राति एक व्यक्तिले श्रीमती र छोरीलाई तेजाब नभएर तारपिन तेल हानेको खुलेको छ । एसिड हानेर गम्भीर रहेको भन्दै प्रहरी तत्काल घटनास्थल पुगेर  अनुसन्धान गर्दा त्यहाँ तेजाब नभई रङमा लगाइने तारपिन तेल छ्यापेको पाइएको हो ।

रङरोगनको काम गर्ने राजन विष्टले घर झगडा हुँदा गए राति श्रीमती र छोरीलाई उक्त तेल छ्यापेका हुन् । महानगरीय प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले तेजाब हानेको खबर आएपछि प्रहरी टोली पुगेर बुझ्दा तारपिन तेल छ्यापेको पाइएको बताए । 

बढी रक्सी खाइरहने हुँदा विष्टकै कारण बेलाबेलामा घर झगडा हुने गरेको थियो । गए राति पनि सोही प्रक्रिया दोहो-याउँदा उनले तारपिन तेलले हानेको पाइएको ज्ञवालीले बताए। छोरीको आँखामा तेल परेकाले तिलगङ्गा आँखा अस्पतालमा सामान्य उपचारपछि फर्किएको बताइएको छ । आमालाई भने केही भएको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप