बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

पोखरा विश्वविद्यालयमा पदाधिकारी नियुक्तिको मागसहित १५ दिनदेखि अनशन जारी

बिहीबार, २२ साउन २०७७, २१ : ३६
बिहीबार, २२ साउन २०७७

लामो समयदेखि रिक्त पोखरा विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रार नियुक्तिको माग राख्दै नेपाल विद्यार्थी सङ्घले पोखरा विश्वविद्यालयमा गरेको रिले अनशन आज १५औँ दिनसम्म पनि जारी छ । दश महिनादेखि रिक्त पदमा तत्काल पदाधिकारी बहालको माग राख्दै रिले अनशन गरिएको भए पनि त्यसको कुनै सुनुवाइ हुन नसकेको विद्यार्थी नेता प्रताप बानियाँले बताए ।

विश्वविद्यालयमा पदाधिकारी नियुक्ति नगर्दा ४० हजार विद्यार्थीको भविष्य पनि अन्योलमा परेको उल्लेख गर्दै उनले जायज माग सहितको शान्तिपूर्ण आन्दोलनलाई बेवास्था गरिएको बताए । अनशनको लामो समयसम्म पनि मागको सुनुवाइ नभएको भन्दै विद्यार्थीले आज ब्यङ्गात्मक रुपमा कुलपति र सहकुलपतिको तस्बीरमा पुष्पार्पण गर्दै विरोध जनाएका छन् ।

पदाधिकारी नियुक्ति नहुँदा विश्वविद्यालयका शैक्षिक गतिविधि प्रभावित बनिरहेको अवस्थामा जायज माग विद्यार्थी अनशनमा रहेको र नेपाल विद्यार्थी सङ्घ केन्द्रीय समितिले पनि शिक्षामन्त्रीलाई यस विषयमा ध्यानाकर्षण गराइसकेको सङ्घका केन्द्रीय महामन्त्री दीपक भट्टराईले बताए । लामो समयसम्मको पदाधिकारी विहीन अवस्थामा सरकारले उदाशिनता देखाएको बताउँदै उहाँले तत्काल समस्याको समाधान गर्न सरकारको ध्यानाकर्षण गराए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप