शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

लकडाउनले मात्रै कोभिड-१९ नियन्त्रण हुँदैन : गणेशमान सिंह अध्ययन प्रतिष्ठान

बिहीबार, २२ साउन २०७७, २१ : १२
बिहीबार, २२ साउन २०७७

काठमाडौं । देशव्यापी लकडाउनले समस्या थप गहिरिने जनाउँदै कोरोना रोकथाम तथा नियन्त्रणमा पूर्वतयारी यथेष्ट रुपमा गर्न गणेशमान सिंह अध्ययन प्रतिष्ठानको सरकारलाई सुझाव दिएको छ।

पूर्वतयारीको अभावमा विगतमा लकडाउन प्रभावकारी नभएको स्मरण गराउँदै प्रतिष्ठानले लकडाउनले मात्र कोभिड(१९ नियन्त्रण नहुने भएकाले स्वास्थ्य क्षेत्रका काम प्रभावकारी बनाउँदै तयारी बढाउन आग्रह गरेको हो। 

लकडाउन अवधिको पूर्ण रुपमा सदुपयोग नभएको समेत प्रतिष्ठानले उल्लेख गरेको छ। ुलकडाउनले कोरोना भाइरसको प्रसार त रोक्न सकेन नै, यसले आम नागरिकलाई असह्य पिडा थप्ने कामसमेत भएको छ,ु प्रतिष्ठानले भनेको छ। 

कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि पिसिआर परीक्षणको दायरा बढाउनुपर्ने, क्वारन्टाइन र उपचारको क्षमता र गुणस्तर अभिवृद्धि हुनुपर्ने मागलाई प्रतिष्ठानले पुनः दोहोर्‍याएको छ।

अनुगमनसहितको आवागमन हुनुपर्ने प्रतिष्ठानका अध्यक्ष नवीन्द्रराज जोशीद्धारा सार्वजनिक वक्तव्यमा उल्लेख छ।

कोभिड(१९ मा सरकारी प्रभावकारीताको माग गर्दै अनशनरत इनफ इज इनफका अभियन्ता ‘ई’को माग पूरा गर्न सरकारसँग माग गरिएको छ।

विगत १८ दिनदेखि सत्याग्रहमा रहेका उनको स्वास्थ्य अवस्था प्रतिकूल हुँदै गएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप