शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कपिलवस्तुमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द

बिहीबार, २२ साउन २०७७, १८ : ५१
बिहीबार, २२ साउन २०७७

बुटवल । कपिलवस्तुमा समुदायमा कोरोना संक्रमण देखिन थालेपछि स्थानीय प्रशासनले कडाई गरेको छ । कपिलवस्तुमा भोलिबाट अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिने भएको छ । जिल्लामा पछिल्लो समय समुदायमै कोरोना देखिएकाले भोलिबाट १० दिनसम्म अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिने जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ ।

आज मात्रै एकैपटक २५ जनालाई कोरोना संक्रमण देखिएपछि यस्तो निर्णय गरिएको हो । आज कोरोना भेटिएका बैकका कर्मचारीदेखि स्वास्थ्यकर्मीसम्म रहेका छन् । प्रशासन कार्यलयले आज एक सूचना जारी गर्दै यहि साउन २३ गते बिहान ५ बजेबाट लागू हुने गरी साउन ३२ गते राती १२ बजेसम्मका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निणर्य गरेको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिएका छन् ।

विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण कपिलवस्तुमा समुदाय स्तरमानै देखिएकोले १० दिन अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्न लागिएको हो । शुक्रबार बिहान ५ बजेबाट लागू हुनेगरी अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिने र प्रशासनको सूचना उल्लंघन गरे कानुन बमोजिम कारवाही गर्ने पनि प्रशासन कार्यलय कपिलवस्तुले चेतावनी दिएको छ ।

यस अवधिमा अत्यावश्यक सेवा बाहेकका सरकारी कार्यलय, बैंक तथा वित्तिय संस्थाबाट प्रदान गरिने सेवाहरु पूणर्न रुपमा बन्द गरिने छ । त्यस्तै मालवाहक ढुवानीका साधान बाहेक जिल्ला भित्र सञ्चालन हुने सार्वजनिक यातायातका सवारी साधानहरु पूर्ण रुपमा बन्द गरिनेछ भने निजी सवारी साधन मोटरसाइकल, स्कुटरहरु जोर–बिजोर प्रणालीबाट संचालन हुने छन् । कपिलवस्तुमा संक्रमितको संख्या ८ सय ४० पुगेको छ । जसमध्ये ७ सय ४७ जना निको भई घर फर्किसकेको स्वास्थ्य कार्यालयले जनाएको छ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप