शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सप्तरीमा एकैदिन ४३  जना कोरोना निको भएर घर फिर्ता

बिहीबार, २२ साउन २०७७, १७ : १६
बिहीबार, २२ साउन २०७७

सप्तरी । सप्तरीमा एकै दिन ४३ जना सङ्क्रमित कोरोना जितेर घर फर्केका छन् । गजेन्द्रनारायण सिंह अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रणजीतकुमार झाका अनुसार एकैपटक नौ महिलासहित ४३ जना निको भएका हुन् । उनीहरूको अन्तिम रिपोर्ट नेगेटिभ आएपछि अस्पतालले उनीहरुलाई डिस्चार्ज गरेको छ । एकै दिन ४३ जना निको भई घर फर्किँदा एक पुरुष र तीन महिला आइसोलेसन केन्द्रमा भर्ना भएको अस्पतालले जनाएको छ ।

यो सँगै कोरोना सङ्क्रमित बिरामी निको भएर फर्किनेको सङ्ख्या ३८४ पुगेको छ । जसमा ३८ महिला छन् । गजेन्द्रनारायण सिंह अस्पताल, राजविराज मातहत रहेको राजविराजस्थित साइकृष्णा हस्पिटल एण्ड मेडिकल कलेजको आइसोलेसन केन्द्रमा उपचाररत बिरामी निको भएर घर फर्किएपछि हाल १३ महिला र ८८ पुरुष गरी १०१ आइसोलेसन केन्द्रमा छन् ।

सप्तरीमा सङ्क्रमित हुने ५३९ मध्ये आइसोलेसन केन्द्रमा ५१ महिलासहित ४८५ जना भर्ना भएका थिए । सङ्क्रमतिमध्ये राजविराज नगरपालिका–६ सिरहा रोडका ७३ वर्षीय पुरुषको साउन १ गते र रुपनी गाउँपालिका–५ धुरगाउँका ४२ वर्षीय पुरुषको साउन २० गते मृत्यु भएको थियो । बाँकी ५२ जना होम आइसोलेसनमा रहेकामध्ये पनि अधिकांश निको भइसकेको डा.झाले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप