बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौं उपत्यकामा ८७ जना कोरोना संक्रमित थपिए

बिहीबार, २२ साउन २०७७, १६ : ३०
बिहीबार, २२ साउन २०७७

काठमाडौं उपत्यकामा ८७ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । बितेको २४ घण्टामा गरिएको परीक्षणमा काठमाडौंमा ७६ भक्तपुरका १ र ललितपुरमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बिहीबारको नियमित प्रेस व्रिफिङमा काठमाडौ, ललितपुर र भक्तपुरमा गरी उपत्यकामा ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । यस्तै आज देशभर ३६० जना संक्रमित थपिएका छन् । योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २१ हजार ७५० पुगेको छ । 


अहिले देशभरीका अस्पतालहरुमा ६ हजार २ सय ९६ जना उपचाररत रहेका छन् । प्रदेश नम्बर १ मा ३ सय ५८ जना, प्रदेश नम्बर २ मा २ हजार ६ सय ९३, बागमती प्रदेशमा ८ सय ३५ र गण्डकी प्रदेशमा २ सय ८० जना संक्रमित उपचाररत रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा ३ सय ७७, कर्णाली प्रदेशमा २ सय ६३ र सुदूरपश्चिम प्रदेशमा १ हजार ४ सय ९० जना सक्रिय संक्रमित उपचाररत रहेका छन् ।

बिहीबार ३ सय ३३ जना संक्रमित डिस्चार्ज भएका छन् । आजसम्म डिस्चार्ज हुनेको संख्या १५ हजार ३ सय ८९ रहेको छ । प्रदेश नम्बर १ मा ९ सय ३७, प्रदेश नम्बर २ मा ३ हजार २ सय ३४ र बागमती प्रदेशमा ५ सय ९१ जना डिस्चार्ज भएका छन् । यस्तै गण्डकी प्रदेशमा १ हजार ३ सय ६२, प्रदेश नम्बर ५ मा ४ जहार ९७, कर्णाली प्रदेशमा १ हजार ७ सय ७७ र सुदूरपश्चिम प्रदेशमा ३ हजार ३ सय ९१ जना संक्रमित निको भएर डिस्र्चाज भएका छन् ।

देशभरीका क्वारेन्टिनमा ९ हजार ४ सय ७० जना रहेका छन । प्रदेश नम्बर १ मा १ हजार ६ सय ५०, प्रदेश नम्बर २ मा १ हजार २ सय ८, बागमती प्रदेशमा ७ सय ८४ र गण्डकी प्रदेशमा २ हजा ५ सय ६४ जना क्वारेन्टिनमा रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा १ हनजार ३ सय १२, कर्णाली प्रदेशमा ४ सय २६ र सुदूरपश्चिम प्रदेशमा १ हजार ५ सय २६ जना क्वारेन्टिनमा रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप