शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

आफ्नो पारिश्रमिक फिल्म कर्मचारीलाई दिने रोहितको निर्णय

बिहीबार, २२ साउन २०७७, १६ : ०६
बिहीबार, २२ साउन २०७७

मुम्बई । फिल्म निर्देशक रोहिट सेट्टीले फिल्म कर्मचारीलाई सहयोग गर्ने भएका छन् । कोरोनाको कारण गरिएको लकडाउनका समय कयौं पटक गरिबको सहयोगी बनेका रोहितले यो पटक भने जुनियर कलाकार, कोरस डान्सर, स्टन्डम्यान, लाइट म्यानलगायतका फिल्ममा काम गर्ने मजदुरहरुलाई सहयोग गर्ने भएका हुन् ।

रोहितले अहिले प्रसारमा भइरहेको चर्चित टिभी शो ‘खतरो के खिलाडी’ को विशेष संस्करणबाट मिलेको पारिश्रमिक फिल्म कर्मचारीलाई दिने निर्णय गरेका हुन् । सहयोग सिधै ब्यक्तिको खातामा जाने बताइएको छ ।

कोरोना भाइरस महामारीको सुरुका समय एफडब्युआईसिई र लकडाउनको समय घरमा रहेका फोटोग्राफरहरुको समेत सहयोगी बनेका रोहितले प्रहरी कर्मचारीको सहयोगका लागि १७ कोठाको समेत ब्यवस्था मिलाइदिएका थिए । सो स्थान ड्युटिपछि प्रहरी कर्मचारी बस्नका लागि सदुपयोग गर्दथे ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप