मण्डन देउपुरमा बाढी र पहिरोको वितण्डाः खाटचौरका २५ घर उच्च जोखिममा
मण्डनदेउपुर (काभ्रे) । लगातार परेको वर्षातका कारण पहिरो जादाँ मण्डनदेउपुर नगरपालिकाका विभिन्न वडाहरु बाढी पहिरोको उच्च जोखिममा परेका छन् । इन्द्रावती, ढाडखोला, चाखोलालगायतमा बाढी आउदाँ किनारामा रहेको धान खेतमा बाढी पसेको छ ।
मण्डनदेउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाइवाका अनुसार वडा नम्बर १, ५ र १० मा पहिरोका कारण बस्तीनै जोखिममा परेका छन् । केही दिन अगाडी सोही नगरपालिकाको वडा नम्बर १ हलेदे बस्ताकोटी टोलमा समेत पहिरोको उच्च जोखिम भएपछि ७ वटा घरमा बस्दै आएकाहरुलाई अन्यत्र सारिएको थियो ।
वडा नम्बर १ को खोरङ्गका केही घर, ५ को खाटचौरमा २५ घर र १० नम्बर वडाको नारिन खर्कमा १३ घर पहिरोको उच्च जोखिमा परेका छन् । ‘हालसम्म मानवीय क्षति भएको छैन तर, भौतिक क्षति ठुलो भएको छ, हामी जोखिममा बस्तीलाई अन्यत्र सार्ने प्रयासमा छौं,’ नगरप्रमुख वाइवाले रातोपाटीसँग भने ।
वडा नम्बर ६, ७, ८ र ९ मा बाढी आउदाँ खेत पुरिएको र किसानले लगाएको सयौं रोपनी धान खेत र तरकारी बाली नष्ट भएको नगरप्रमुखले वाइवाले जानकारी दिएका छन् । चाखोलामा आएका बाढीका कारण वडा नम्बर ११ मा रहेको पुलमा समेत क्षति पुगेको छ । चाखोलाबाट राम्चे जाने पुलमा क्षति पुगेको वाइवाले बताए
यता वडा नम्बर ५ का करिब २५ घर उच्च जोखिममा परेका छन् । वडाअध्यक्ष नेत्रप्रसाद ढकालले रातोपाटीसँग कुरा गर्दै भने ‘खाटचौर एउटै टोलका १४ घरमा बस्न सक्ने अवस्था भएन ।’ ‘लगातार पानी परिरहेकाले मैले पनि मेरो घरमा आजबाट बस्न छोडे,’ वडाअध्यक्ष ढकालले भने ।
बिहिबार बिहानबाटै उच्च जोखिममा रहेका घरधनीहरुलाई अन्यत्र बस्न भनेपनि कतिपयले भने नमानेका र मानवीय क्षति नहोस् भनेर आफु लागिरहेको वडा अध्यक्ष ढकालको भनाई छ । वडा नम्बर ५ को सबै टोलमा गरेर २५ घर पहिरोको उच्च खोजिममा रहेको वडाअध्यक्षले बताए । ठुलो पहाड मुनी बस्ती भएकाले लगातरको वर्षातमा ठुलो क्षति हुन सक्ने भन्दै स्थान्ीयहरु त्रसित भएका छन् ।
पहिरो जानबाट जोगाउन र धनजनको क्षति नहुन दिन नगरपालिका, वडा र स्थानीयहरु लागिपरेका छन् । पहिरो पीडित स्थानीय केदार ढकालका अनुसार घर माथीको पाहाड कुन बेला झर्छ ठेगान नभएको र बस्तीको दायाँबायाँ पहिरो गइरहेको छ । (बाढीको तस्विरः सामाजिक सञ्जाल र पहिरोको तस्बिर सुवास ढकालबाट लिइएका हो । )
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अग्नि पीडितलाई राहत उपलब्ध गराउन गृहमन्त्रीसँग सीके राउतको आग्रह
-
जसपा महाधिवेशन प्रतिनिधि चयन गर्ने निर्देशिकाको मस्यौदा तयार
-
प्युठानमा सुत्केरीको हत्या आरोपमा ५ जना पक्राउ, २ जना फरार
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
कतारमा ६२५ नेपाली कामदार अलपत्र
-
‘वेस्ट इन्डिजविरुद्धको शृङ्खला टी-२० विश्वकपको तयारीका लागि उपयुक्त अवसर’