बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रहरी हेडक्वार्टरमा थपिए १० कोरोना संक्रमित

बिहीबार, २२ साउन २०७७, १५ : १०
बिहीबार, २२ साउन २०७७

काठमाडौँ । प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत थप १० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै प्रहरी हेडक्वार्टरमा ८५  संक्रमित पुगेको छ । 

प्रहरीका केन्द्रीय प्रवक्ता कुवेर कठायतले बिहीबार १० जनामा कोरोना भाइरस पोजेटिभ देखिएको पुष्टि गर्दै भने, ‘संक्रमितलाई सशस्त्र प्रहरी बलको अस्पताल बलम्बु लगिएको छ ।’

हाल नेपालभर ३१९ जना प्रहरी कोरोना संक्रमित भएको बताउँदै प्रवक्ता कठायतले ११९ जना निको भएर आफ्नो जिम्मेवारीमा फर्किसकेको रातोपाटीलाई जानकारी दिए । 

संक्रमितहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप