शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

हवाई उडानमा फेरि कोरोनाको बादल : भदौ १ गतेबाटै शुरु होला त ?

आन्तरिक गृहकार्यमा सरकार
बिहीबार, २२ साउन २०७७, १४ : ४५
बिहीबार, २२ साउन २०७७

कोभिड–१९ को तीव्र संक्रमणका बीच यतिखेर पूर्वनिर्धारित मितिमै हवाई उडाउन हुन्छ कि हुँदैन भन्नेमा अन्योलता छाएको छ । पछिल्लो समय देशव्यापी रुपमा कोरोना भाइरसको संक्रमण तीव्ररुपमा बढेर गएसँगै यसअघि सरकारले घोषणा गरेको भाद्र १ गतेबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सबै हवाई उडान खुल्ला गर्ने निर्णय अन्योल बन्न पुगेको हो । साथै, हवाई उडानसँगै भाद्र १ गतेदेखि नै सरकारले खुल्ला गर्ने भनिएको लामो तथा मध्यम दुरीका सार्वजनिक यातायत संचालनको निर्णय समेत यतिखेर अन्योल बनेको छ ।

भाद्र १ गतेबाटै लामो दुरीका सवारी साधन सञ्चालन गर्ने तयारी गरेका व्यवसायीहरु पछिल्लो समयको कोरोनाभाइरसको तीव्र संक्रमण र संक्रमणपछि सरकारले पुनः लागु गरेको जोर–बिजोर प्रणालीबाट पुनःएकपटक सशंकित हुन पुगेका छन् ।

सरकारले गत श्रावण ५ गतेको मन्त्रिपरिषदको निर्णयले आगामी भाद्र १ गतेबाट आन्तरिक तथा बाह्य हवाई उडानसहित देशैभरका लामा तथा छोटा दुरीका सबै खाले सार्वजनिक यातायातसमेत चल्न दिने निर्णय गरेको थियो ।

तर, पछिल्लो समय देशका विभिन्न भागका साथै काठमाडौँ उपत्यकामा नै कोरोनाभाइरसको संक्रमण बढ्न थालेपछि सरकारले पुनः बजारमा कडाइ गर्ने संकेत गरेको छ । योसँगै सरकारको यसअघि गरेको सबै निर्णयहरु अन्योल बन्न पुगेको छ ।

प्राधिकरण पूर्ण तयारीमा छ

राजन पोखरेल, महानिर्देशक, नेपाल नागरिक उड्डयन प्राधिकरण

नागरिक उड्डयन प्राधिकरणले भदौ १ गतेबाटै हवाई उडान खुल्ला गर्ने गरि सम्पूर्ण तयारी पूरा भइसकेको बताएको छ । तर पछिल्लो परिस्थितिले भने भाद्र १ गतेबाटै सबै उडान खुल्ला गर्ने कि नगर्ने भन्ने अन्योलता छाएको प्राधिकरणका महानिर्देशक राजन पोखरले स्वीकार गरे ।

‘हवाई उडानसम्बन्धी सम्पूर्ण तयारी पूरा भएको छ । नागरिक उड्डयन प्राधिकरणले त्यसको पूर्ण तयारी गरिसकेको छ । तर पछिल्लो परिस्थितिले वातावरण बिग्रने हो कि भन्ने शंका बढेर गएको छ ।’

पोखरेलले भने, ‘पछिल्लो समय मुलुकभित्र झन्झन् कोरोनाभाइरसको संक्रमण बढ्दै जाँदा यसले फेरि पनि मुलुकलाई अन्योलतातर्फ धकेल्ने हो कि भन्ने डर पैदा गराएको छ ।’

कोभिड–१९को प्रभाव कम भएसँगै सरकारले लकडाउन हटाउने निर्णय गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानसमेत भाद्र १ गतेबाट खुल्ला गर्ने निर्णय गरेको थियो । तर अहिले फेरि कोरोनाको प्रकोप बढेसँगै सो निर्णयबाट ब्याक(पछाडी) हुनुपर्ने हो कि भन्ने शंका बढेको छ । तर हेरौँ के हुन्छ । सो सम्बन्धमा आजै बैठक बस्दैछौँ,’ पौडेलले रातोपाटीसँग भने ।

तर, नागरिक उड्यन प्राधिकरणले हवाई उडान सञ्चालनसम्बन्धी सम्पूर्ण तयारी पुरा गरिसकेको छ । उडानसम्बन्धी र स्वास्थ्य सुरक्षा सम्बन्धीका सम्पूर्ण सुरक्षा प्रोटोकल तयार भइसकेको छ । अब मात्र भदौ १ गतेको पर्खाइमा प्राधिकरण रहेको महानिर्देशक पौडेलले बताए ।

सरकारी निर्णय आए हामी उडाउन तयार छौँ

रुपेश जोशी, निर्देशक, बुद्ध एयर

निजी विमान कम्पनी बुद्ध एयरले सरकारी निर्णय भए आफुहरु उडान भर्न तयार भएको बताएको छ । कोभिड–१९ कै जोखिमका बीच भएपनि स्वास्थ्य सुरक्षाका प्रोटोकल अपनाएर भएपनि पूर्वनिर्धारित मिति भाद्र १ गतेबाटै उडान भर्ने आफुहरु तयार भएको बुद्ध एयरका निर्देशक रुपेश जोशीले रातोपाटीसँग बताए । तर उक्त निर्णय सरकारबाट आउनु पर्ने उनको भनाइ छ ।

‘भदौ १ गतेबाटै उडान हुन्छ कि हुँदैन भन्नुभन्दा पनि सरकारले के निर्णय गर्छ भन्ने हो । हामी त तयारी अवस्थामा नै छौँ,’ जोशीले भने, हामी त आज भने आज, भोलि भने भोलि उडान भर्न तयार छौँ नि ! अब हामीलाई केबल सरकारी निर्णयको खाँचो छ ।’

केसीका अनुसार अहिले बुद्ध एयरले उडान सम्बन्धी सम्पूर्ण तयारी पूरा गरेको छ । प्राधिकरणबाट स्वीकृति पाए भाद्र १ गतेबाटै उडान भर्नेछ । हाल डोमेष्टिक(आन्तरिक)उडान तर्फ बुद्ध एयर अग्रडी मानिन्छ ।

यस्तै डोमेस्टिक तर्फ यति एयर, ताराएयर, सीताएअर, सिम्रिकएअर लगायतका एअरलाइन्सहरुले तयारी थालेका छन् ।

यता, अन्तर्राष्ट्रिय उडान तर्फ भने दुई नेपाली एअरलाइन्सहरु सहित १२ एअरलाइन्सहरुले उडानका लागि अनुमती मागिसेका छन् । नागरिक उड्न प्राधिकरणका अनुसार गत सोमबार सम्ममा दुईवटा स्वदेशी कम्पनीसहित १० वटा अन्तर्राष्ट्रिय हवाई कम्पनीहरुले नियमित उडानका लागि चासो देखाएका छन् ।

जसमा बन्दाबन्दीको झण्डै पाँच महिनापछि सञ्चालन हुनलागेको अन्तर्राष्ट्रिय व्यावसायिक उडानका लागि नेपालका दुईसहित १२ वटा वायुसेवा कम्पनीले चासो देखाएका छन् ।

अन्तर्राष्ट्रिय उडानका लागि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र निजी क्षेत्रको हिमालय एयरलाइन्स सहित भारतीय इण्डिगो एयर, चीनकोे एयर चाइना र चाइना साउदर्न, ओमानको सलाम एयर, कुवेतको जजीरा एयर, संयुक्त अरब इमिरेट्स (युएई) को फ्लाई दुबई, मलेसियन एयर, मालिन्दो एयर, एयर अरेबिया र टर्कीको टर्किस एयरलाइन्सले नियमित उडानका लागि प्राधिकरणमा निवेदन दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप