जनता आवास कार्यक्रमः जुम्लामा २५० घर निर्माण
जुम्ला । जनता आवास कार्यक्रमअन्तर्गत जुम्लाका आठवटै स्थानीय तहमा दतिल बस्तीका २५० घरपरिवारले नयाँ घर पाएका छन् । कर्णाली प्रदेश सरकारले जनता आवास कार्यक्रमअन्तर्गत अति गरिब र पिछडिएका वर्ग तथा दलित समुदायका लागि भूकम्प प्रतिरोधी नयाँ घर निर्माण गरिदिएको हो । पूर्वधार विकास कार्यालयमार्फत आर्थिक वर्ष २०७६/७७ मा रु आठ करोड ४० लाखको लागतमा सो घर निर्माण गरिएको हो ।
तीमध्ये चन्दननाथ नगरपालिकामा ३२, तातोपानी गाउँपालिकामा २९, पातारासीमा २६, गुठीचौरमा ३८, हिमामा ३०, सिञ्जामा ३०, तिलामा ३० र कनकासुन्दरी गाउँपालिकामा ३५ घर निर्माण भएको पूर्वाधार विकास कार्यालय जुम्लाका निमित्त प्रमुख टङ्कप्रसाद न्यौपानेले बताए । उनकाअनुुसार सो घर निर्माणका लागि रु तीन लाख ३६ हजारका दरले खर्च भएको छ ।
जनता आवास कार्यक्रमअन्तर्गत घर निर्माण भएपछि यहाँका गरिब तथा विपन्न दलित घरपरिवार खुशी भएका छन् । वर्षौदेखि पम्परागत घरमै बस्दै आएका घरपरिवार नयाँ घर पाउँदा खुशी भएका हुन् ।
सरकारले जनता आवास कार्यक्रममार्फत घर बनाइदिएपछि खुशी भएको तिला गाउँपालिका–१ मुनबहादुर परियारले बताए । वर्षौँदेखि माटोको घरमा बस्दै आइरहेको भए पनि हाल छानामुनि बस्न पाउँदा निकै खुशी लागेको उनले बताए । उनले भने, “हामीजस्ता गरिब घरपरिवारले त्यस्तै घर निर्माण गर्न सपनाजस्तै थियो, पानी परे पूरै घर पानी मात्र हुन्थे अब ढुक्कले छानामुनि बस्न पाइएको र घर पाउँदा जति पानी र हिउँ परे पनि ढुक्कले छानामुनि बस्न पायौ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारका अमिरको भ्रमणको ठोस परिणाम चाँडै आउनेछ : मन्त्री बस्नेत
-
फिलिपिन्समा चरम गर्मीका कारण ६ जनाको मृत्यु
-
कतारी राजाको नेपाल भ्रमण : कूटनीतिक हिसाबले उपलब्धिमूलक, सम्झौताले खल्लो
-
बक्सिङ टोली उज्वेकिस्तान प्रस्थान
-
भिड नियन्त्रणलाई थप व्यवस्थित गर्दै नेपाल प्रहरी, नौ महिनामा १ लाख १३ हजार ३८३ जनशक्ति परिचालन
-
श्रममन्त्रीले गराए एचआरडी कोरिया, इपीएस शाखा र कोरिया रिटर्नीबिच त्रिपक्षीय छलफल