शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

विपिनको ‘सेल्फी किङ’ सहित ४ फिल्म अब ‘दामी’ एपमा

बिहीबार, २२ साउन २०७७, १३ : ५८
बिहीबार, २२ साउन २०७७

काठमाडौं । कोरोनाको कहरका कारण अचेल सबै फिल्म हल बन्द छन् । युट्युवलगायत प्लेटफर्मबाट दर्शकले फिल्म त हेर्न पाएका छन् । तर, यस्ता प्लेटफर्ममा छिटो छिटो नयाँ फिल्म उपलब्ध नहुने भएकोले पुरानै फिल्म हेर्नुपर्ने बाध्यता छ । 
दर्शकको छानेर नयाँ फिल्म हेर्न चाहनालाई मध्यनजर गर्दै ‘दामी’ एपले अबदेखि विभिन्न फिल्म एप मार्फत उपलब्ध गराउने भएको छ । जसको सुरुवात एकसाथ ४ फिल्मबाट गर्दैछ । 

फिल्म हुन् ‘घामड शेरे’, ‘सेल्फी किङ’, ‘हजार जुनीसम्म’ र ‘शुभ लभ’ । लकडाउन अगाडि मात्र प्रदर्शनमा आएका यी फिल्म ‘दामी’ले शुक्रबारबाट एपमार्फत हेर्न मिल्ने गरेर उपलब्ध गराउन लागेको हो । 
यस अगाडि म्युजिकहरु उपलब्ध गराउदै आएको यो एपले अवदेखि फिल्म पनि उपलब्ध गराउन लागेको हो । रोशन श्रेष्ठ र सुदीप पोखरेललगायतको टिमले मिलेर बनाएको यो एपबाट अवदेखि दर्शकले नयाँ नयाँ फिल्म हेर्न पाउनेछन् ।
‘दामी’बाट अवदेखि युट्युवमा नआएका फिल्महरु हेर्न सकिने सञ्चालक मध्यका एक सुदीप पोखरेलले बताए । ‘दामी एप एन्ड्रोइड र आइओएस दुबैमा उपलब्ध छ’ पाखरेलले भने ‘हलमा हेरे जस्तै आफुले चाहेको फिल्म छानेर हेर्न सकिन्छ ।’ फिल्म हेर्नका लागि इसेवा, एनसेल लगायत जुनै पनि डिजिटल पेमार्फत पैसा तिर्न सकिने पोखरेलको भनाइ रहेको छ । 
‘सुरुवातको चरणमा ४ फिल्म ल्याएका छौ । बिस्तार बिस्तार सबै नयाँ फिल्म एपमा पाउन सकिनेछ ’ पोखरेलले थपे ।

‘सेल्फी किङ’ अभिनेता विपिन कार्की र लक्ष्मी बर्देवाको मुख्य भूमिका रहेको छ, भने ‘घामड शेरे’ निश्चल बस्नेत, स्वस्तिमा खड्कालगायतका कलाकारको अभिनय रहेको छ । त्यस्तै ‘हजार जुनीमा’ र ‘शुभ लभ’ नयाँ पुराना कलाकारले भरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप