टिभी अभिनेता समिर शर्माले गरे आत्महत्या
बिहीबार, २२ साउन २०७७, १३ : ४७
‘ये रिश्ता हे प्यार के ’ टेलिश्रृङ्खालाका अभिनेता समिर शर्माले मुम्बईस्थित आफ्नो घरमा आत्महत्या गरेका छन् । ४४ वर्षका समिर शर्मालाई बुधबार राती मलाड पश्चिममा अहिंसा मार्गस्थित नहा सिएचएस बिल्डिङमा आफ्नो घरमा झुण्डिएको अवस्थामा फेला पारिएको हो ।
मलाड प्रहरीका अनुसार समिरले यसै वर्ष फेब्रुअरीमा अपार्टमेन्ट भाडामा लिएका थिए । रातीको ड्युटीमा खट्ने क्रममा चौकीदारले शव देखे र वरिपरिका मानिसलाई जानकारी दिए । शवको स्थिती हेर्दा प्रहरीले अभिनेताले दुई दिनअघि नै झुण्डिएर आत्महत्या गरेको हुनसक्ने आशंका गरेका छन् ।
घटनास्थलबाट कुनै सुसाइड नोट भने भेटिएको छैन ।
समिरले दिल क्या चाहता हे बाट टिभीमा डेब्यू गरेका थिए । उनी कहानी घर घरकीमा पनि देखिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसपा महाधिवेशन प्रतिनिधि चयन गर्ने निर्देशिकाको मस्यौदा तयार
-
प्युठानमा सुत्केरीको हत्या आरोपमा ५ जना पक्राउ, २ जना फरार
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
कतारमा ६२५ नेपाली कामदार अलपत्र
-
‘वेस्ट इन्डिजविरुद्धको शृङ्खला टी-२० विश्वकपको तयारीका लागि उपयुक्त अवसर’
-
पक्राउ परेका कार्यकर्ता छुटाउन प्रहरीमा धाउँदै रवीन्द्र मिश्रसहितका नेता !