बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मस्जिदको कार्यक्रममा न मलाई बोलाउनेछन्, न म जाने छुः योगी आदित्यनाथ

बिहीबार, २२ साउन २०७७, १३ : ३४
बिहीबार, २२ साउन २०७७

आयोध्यामा राम मन्दिर निर्माणका लागि प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार भूमिपूजन गरे । यस कार्यक्रमपछि मुख्यमन्त्री योगी आदित्यनाथले राम मन्दिरको साथै विभिन्न मुद्दामा खुलेर कुरा गरेका हुन् ।

मुख्यमन्त्री योगीले मस्जिदको जग राख्ने विषयमा पनि स्पष्ट जवाफ दिए । योगीले त्यस्तो कार्यक्रममा आफूलाई कसैले नबोलाउने न त आफू जाने स्पष्ट पारे । उनले आफू यदी मस्जिदमा गए, कयौँको ‘पसल’ बन्द हुने भन्दै व्यङ्ग्य गरे ।

एक टेलिभिजन च्यानलसँगको कुराकानीमा योगीलाई प्रश्न गरिएको थियो – राम मन्दिरको भूमि पूजनमा तपाईंले सबै धर्मका व्यक्तिहरुलाई बोलाउनु भयो, वहाँहरु कार्यक्रममा सहभागी पनि भए । तर, आगामी दिनमा जब कुनै मस्जिदमा जग राखिनेछ, त्यहाँ तपाईं भने जानुहुन्न ।’

जवाफमा योगीले भने, ‘मेरो जे काम हो, त्यो म गर्छु । बाँकी मलाई त्यहाँ न त बोलाइनेछ, न त म त्यहाँ जानेछु । म त्यहाँ गएँ भने कयौँको पसल बन्द हुनेछ ।’

उनले यो क्षण आफ्नो लागि भावुक, उत्साह–उमंग, गौरवको क्षण भएको बताए । उनले प्रधानमन्त्री नरेन्द्र मोदीले दिएको दायित्व पूरा गर्न पाउँदा सौभाग्यशाली महसुस भएको पनि जिकिर गरे ।

नवभारत टाइम्स

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप