सुनसरीमा पनि निषेधाज्ञा जारी
बिहीबार, २२ साउन २०७७, १२ : ३४
सुनसरी । सुनसरीमा बिहीबार बिहानैबाट निषेधाज्ञा जारी गरिएको छ । बुधबार राति १२ः०० बजेदेखि लागू हुने गरी साउन २६ गते राति १२ः०० बजेसम्मका लागि जिल्लामा निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले बताए । लकडाउन उल्लङ्घन गर्दै सडकमा भीडभाड भएको भन्दै कोरोना सङ्क्रमण फैदिन नदिन तथा यसलाई नियन्त्रण गर्नका लागि निषेधाज्ञा जारी गरिएको उनले बताए ।
निषेधित क्षेत्र घोषणा भएपछि जनता घर बाहिर निस्किएर हिँडडुल गरेको पाएमा सङ्क्रामक रोग ऐन २०२० तथा प्रचलित कानूनबमोजिम सजाय हुनेसमेत प्रजिअ पोखरेलले बताए । अत्यावश्यक सेवा, स्वास्थ्यकर्मी र सरकारी सेवाबाहेक अरू कसैलाई घर बाहिर ननिस्कनसमेत जिल्ला प्रशासन कार्यालयले अपिल गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘पितृसत्ताविरुद्ध पारिजातको योगदान अतुलनीय’
-
डढेलो निभाउन गएको दमकल नै जल्यो
-
चीन पुगे अमेरिकी विदेशमन्त्री
-
नेपालमा जनावरको दुधबाट मान्छेमा बर्ड फ्लुको ‘एच–फाइभ एन–वान’ भाइरस सरेको देखिएको छैन : विज्ञ
-
डीआईजी बन्न आईजीपीकै ब्याचमेट प्रतिस्पर्धामा, जुनियरलाई बढुवा गर्न चलखेल
-
गौर हत्याकाण्डविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश