गुजरातको कोभिड अस्पतालमा आगलागीः ८ कोरोना संक्रमितको मृत्यु
गुजरातको अहमदाबादस्थित नवरंगपुरा इलाकामा कोभिड अस्पतालमा आगलागी हुँदा ८ बिरामीको मृत्यु भएको छ । यीमध्ये पाँच पुरुष र ३ महिला हुन् ।
एडिशनल चीफ सेक्रेटरी राजिव कुमार गुप्ताले दिएको जानकारी अनुसार श्रेय अस्पताललाई सील गरिएको छ । ४१ बिरामीलाई सरदार वल्लभ भाइ पटेल (एसवीपी) अस्पतालमा सिफ्ट गरिएको छ । शवलाई पोर्टमार्टमका लागि पठाइएको छ ।
भारतीय सञ्चार मिडिया दैनिक भास्करलाई प्रहरीले दिएको जानकारी अनुसार श्रेय अस्पतालमा बिहिबार सबेरै साढे तीन बजे आइसीयूबाठ आगलागी सुरु भएको हो । त्यसपछि आगो दोस्रो वार्डमा फैलियो । आगो सर्ट सर्किटका कारण लागेको बताइएको छ । यहाँ कोभिडका बिरामीका लागि ५० वटा बेड छ । दुर्घटनाका बेला ४० देखि ४५ बिरामी भर्ना थिए ।
Saddened by the tragic hospital fire in Ahmedabad. Condolences to the bereaved families. May the injured recover soon. Spoke to CM @vijayrupanibjp Ji and Mayor @ibijalpatel Ji regarding the situation. Administration is providing all possible assistance to the affected.
— Narendra Modi (@narendramodi) August 6, 2020
मोदीले दुर्घटनामा ज्यान गुमाउने परिवारलाई प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट २–२ लाख भारु दिने घोषणा गरेका छन् । यसबाहेक दुर्घटनामा घाइते भएकाहरुलाई पचार हजार सहयोग गरिनेछ । उता मुख्यमन्त्री रुपाणीले उक्त घटनाको अनुसन्धानका लागि आदेश दिएका छन् । यो अनुसन्धानको नेतृत्व एडिशनल चीफ सेक्रेटरी संगीता सिंहले गर्नेछिन् । मुख्यमन्त्रीले तीन दिनमा रिपोर्ट पेश गर्न आदेश दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
-
इँटाभट्टामा जिउँदै मान्छे जलाउने आलम दाजुभाइसहित ४ जनालाई जन्मकैद
-
टोपबहादुरसहित ७ जनालाई धरौटीलाई छाड्न सर्वोच्चको अस्वीकार
-
बागमती संसद्को हिउँदे अधिवेशन : खर्च ११ लाख, उपलब्धि शून्य