बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा

बिहीबार, २२ साउन २०७७, ११ : ५३
बिहीबार, २२ साउन २०७७

एक गोलले पछि परेको स्थिति उल्टाएर एलएएसकेमाथि २–१ को जीत हात पार्दै म्यान्चेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । दुई लेगको खेलमा समग्रमा युनाइटेड ७–१ को विशाल अन्तरले विजयी बनेको हो । पहिलो लेगमा युनाइटेड ५–० ले विजयी बनेको थियो ।

खेलमा अस्ट्रियन टोलीले कप्तान फिलिप वेसिङगरको गोलको मद्दतले अप्रत्यासित अग्रता लिएको थियो । तर लगत्तै जेसे लिन्डगार्डले घरेलु टोलीका लागि बराबरी गोल फर्काएका थिए । लिन्डगार्डले लगातार दुई खेलमा गोल गरेको सन् २०१८ को डिसेम्बरपछि पहिलो पटक हो । यसअघि, प्रिमियर लिगमा लेस्टर सिटीविरुद्ध गोल गर्दै लिगमा यो सिजनको पहिलो गोल गरेका थिए । खेलको अन्त्यमा हुवान माटाको पासमा एन्थोनी मार्सियालले गोल गर्दै युनाइटेडलाई जीत दिलाए ।

अर्को सिजन च्याम्पियन्स लिगमा स्थान पक्का गरिसकेको युनाइटेडले क्वाटरफाइनलमा अब अगस्त १० मा डेनिस टोली एफसी कोपनहेगनको सामना गर्नेछ । अन्तिम ८ का खेलहरु जर्मनीमा आयोजना हुनेछन् ।

अन्य खेलमा शाख्तार डोनेस्कले वुल्फसवर्गलाई ३–० ले हराउँदै समग्रमा ५–१ को जीतसहित अन्तिम ८ मा स्थानमा बनाउन सफल भएको छ ।

त्यस्तै, बुधबार नै भएको अर्को खेलमा इटालियन टोली इन्टर मिलानले पनि गेटाफेलाई २–० ले हराउँदै क्वाटरफाइनलमा स्थान बनाएको छ । मिलानका लागि रोमेलु लुकाकु र क्रिस्टियन एरिक्सनले एक–एक गोल गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप