बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कनकासुन्दरी गाउँपालिकास्थित स्वास्थ्य चौकी सिल

बिहीबार, २२ साउन २०७७, १० : ०२
बिहीबार, २२ साउन २०७७

जुम्लाको कनकासुन्दरी  गाउँपालिका वडा नं ८ स्थित पाण्डब गुफा  स्वास्थ्य चौकीमा लामो समय बसेर गएकी एक महिलाको कर्णाली स्वास्थ्य  विज्ञान  प्रतिष्ठानमा कोरोनासंक्रमण पुष्टिपछि सो स्वास्थ्य चौकी सिल गरिएको छ ।

कनकासुन्दरी  गाउँपालिका वडा नम्बर  ३ स्थायी घर भएकी ती महिलामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य चौकी इन्चार्ज  पद्मा रावतले जानकारी  दिइन् ।  संक्रमण देखिएपछि उनी बसेको स्वास्थ्य चौकी र आसपासका क्षेत्र सिल गरिएको हो । साथै स्वास्थ्य चौकीबाट प्रदान गरिने सम्पूर्ण सेवाहरु अनिश्चितकालको लागि बन्द गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप