देशभर कोरोना सङ्क्रमण दर उच्च, उपत्यकामा अझ खतरा
काठमाडौँ – बन्दाबन्दी खुलेपछि कोरोना सङ्क्रमितको दर अझ बढेको छ । बन्दाबन्दी अघिसम्म दैनिक सयभन्दा कम सङ्ख्यामा आइसकेकोे कोरोना सङ्क्रमण दर त्यसपछिको दिनमा निरन्तर माथि जाँदै छ ।
बन्दाबन्दी खुलेपश्चात् काठमाडौं उपत्यकामा सङ्क्रमित दर झनै बढेको छ । बुधबार मात्र काठमाडौँं उपत्यकामा ६२ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडाँैंमा ६२ सहित देशभर ३८१ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।
उपत्यकामा अझ खतरा
मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले काठमाडौँका ५७ जना र ललितपुरका पाँच जना गरी कुल ६२ जनामा सङ्क्रमण भएको जानकारी दिए । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणका क्रममा काठमाडौंँका २७ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा काठमाडौँका १४ जना र ललितपुरका एक जना, पाटन अस्पतालमा गरिएको परीक्षणमा काठमाडौँका दुई र ललितपुरका दुई जनामा कोरोना पुष्टि भएको जानकारी उनले दिए ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा काठमाडौँका एक, स्टार अस्पतालमा काठमाडौँका एक र ललितपुरका दुई, नेपाल प्रहरी अस्पतालमा काठमाडौँका ११ र डीआईडीएल प्रयोगशालामा काठमाडौँका एक जनामा कोरोना देखिएको हो ।
प्रवक्ता गौतमले पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा छ हजार ३५९ को पीसीआरबाट गरिएको परीक्षणमा थप ३८१ जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिए । कुल सङ्क्रमितको सङ्ख्या २१ हजार ३९० पुगेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा सरोज ढुङ्गेलले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषधका रूपमा प्रयोग हुने ओषधी बिक्री गर्ने मेडिकलका ३ जना पक्राउ
-
नौ महिनामा ३ हजार ८२९ वटा प्रदर्शन, १ लाखभन्दा बढी प्रहरी परिचालन
-
बागमती प्रदेशसभा अधिवेशन अन्त्यका लागि सिफारिस
-
आगामी बजेटमार्फत के चाहन्छन् पर्यटन व्यवसायी ?
-
लुम्बिनी प्रदेशमा भागबण्डा मिलाउन दुई मन्त्रालय थपियो
-
चिया निर्यातमा भारतीय अवरोध हट्यो