शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

लेवनानको राजधानी बेरुतमा संकटकाल घोषणा

बुधबार, २१ साउन २०७७, २३ : ३९
बुधबार, २१ साउन २०७७

एजेन्सी । मंगलबार शक्तिशाली विष्फोट भएको भोलिपल्ट लेवनानको राजधानी बेरुतमा एक हप्ताका लागि संकटकाल घोषणा गरिएको छ । बुधबार बसेको त्यहाँको मन्त्रिपरिषद बैठकले संकटकाल घोषणा गरेको हो । मन्त्रिपरिषद बैडकले राजधानीको सुरक्षाको जिम्मेवारी सेनालाई दिएको छ । विष्फोट बेरुत बन्दगाह नजिकै रहेको खाद्यान्न गोदाममा भएको थियो ।

उक्त विष्फोटपछि अब देशका लागि एक महिनाका लागि पुग्ने खाद्यान्न समेत स्टक नभएको बताइएको छ । विष्फोटमा परेर एक सयजना भन्दा बढीको मृत्यु भएको जनाइएको छ भने ४ हजारजना भन्दा बढी घाइते भएका छन् । बुधबार त्यहाँका सूचनामन्त्रीद्वारा जारी विज्ञप्ति अनुसार उक्त गोदाममा २७५० टन अममोनियम नाइट्रेट राखिएको थियो । अतिशवाजी पछि गोदाममा आगलागी भएर विष्फोट भएको अनुमान गरिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप