शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

चितवनमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

बुधबार, २१ साउन २०७७, २२ : २५
बुधबार, २१ साउन २०७७

चितवन । ट्रकको ठक्करबाट पश्चिम चितवनमा आज साँझ एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका– २५ अमृत चोकका ६० वर्षीय लक्ष्मण महतो रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार जप्काबाट ज्योतिनगरतर्फ जाँदै गरेको ना४ख ७३६७ नम्बरको ट्रकले पैदलयात्री महतोलाई साँझ ५ः३० बजे ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको हो । उनलाई ठक्कर दिने ट्रक र चालक जिल्ला प्रहरी कार्यालय चितवनको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप