शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

आई पे रेमिटको ब्राण्ड एम्बेसेडर बनिन् अभिनेत्री वर्षा शिवाकोटी

बुधबार, २१ साउन २०७७, १९ : २२
बुधबार, २१ साउन २०७७

काठमाडौं । आई पे रेमिटले हालसालै आफ्नो नयाँ ब्राण्ड एम्बेसेडरमा अभिनेत्री वर्षा शिवाकोटीलाई नियुक्त गरेको छ । 

आई पे रेमिटले आफ्ना सेवाहरूअन्तर्गत राष्ट्रिय र अन्तर्राष्ट्रिय व्यावसायिक एसोसिएट्समार्फत १ लाख भन्दा बढी वैदेशिक रोजगारमा कमाइएको पैसा जापान, मलेसिया, कतार, दुवई जस्ता देशहरुबाट नेपालमा बसोबास गर्ने आफ्ना परिवारलाई छिटो, सुरक्षित र भरपर्दो माध्यम प्रयोग गरेर पठाउन मद्दत गर्दै आएको छ । 

यसै सन्दर्भमा आई पे रेमिटले नयाँ ब्रान्ड एम्बेसेडरका रुपमा नेपाली चलचित्र जगतकी चर्चित अभिनेत्री वर्षा शिवाकोटीलाई चयन गरेको छ । अब आगामी दिनहरुमा अभिनेत्री वर्षा शिवाकोटीलाई आई पे रेमिटको ब्राण्ड प्रतिनिधिका रुपमा देख्न सकिने छ ।   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप