सेती प्रादेशिक अस्पतालमा सिटी स्क्यान मेसिन खरिद प्रकृया अझै सुरु भएन
सेती प्रादेशिक अस्पतालमा सिटी स्क्यान मेसिन खरिद प्रक्रिया अझै सुरु हुन सकेको छैन । अस्पतालले आन्तरिक किचलोका कारण मेसिन खरिदका लागी हाल सम्म टेन्डर समेत गर्न सकेको छैन ।
प्रादेशिक अस्पतालको मेसिन खरिदका लागी गत आर्थिक वर्ष २०७६/०७७ साढे ८ करोड रकम विनियोजन भएको थियो । तर खरिद प्रकृया सुरु नहुँदा उक्त रकम फ्रिज भएको छ ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा हेमराज पाण्डेले मेसिन खरिदका लागी साढे ८ करोडको बजेट आएको भए पनि कार्यान्वयन गर्न नसकिएको बताउनुभयो । चालु आर्थिक वर्षमा ९ करोड बजेट विनियोजन भएको र अबको १० दिन भित्रै खरिद प्रक्रिया सुरु हुने उनले बताए ।
पटक पटक ताकेता गर्दा पनि अस्पताल प्रशासनको लापरबाहीका कारण गत आर्थिक वर्षको बजेट फ्रिज गएको सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । अस्पताल प्रशासन र व्यवस्थापन समितीको आन्तरिक किचलोका कारण बजेट फ्रिज गएको मन्त्रालयको जनस्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले बताए ।
गत आर्थिक वर्षका लागी प्रदेशको सामाजिक विकास मन्त्रालयले सेती प्रादेशिक अस्पतालमा मेसिन खरिद गर्न साढे ८ करोड रुपैयाँ विनियोजन गरेको थियो । यस्तै भवन निर्माणका लागी ६ करोड विनियोजन गरेको थियो ।
तर अस्पताल प्रशासनले भने आन्तरिक कारण देखाउँदै अहिलेसम्म मेसिन खरिद गर्न सकेको छैन । अस्पतालमा सिटी स्क्यान सेवा नहुँदा सेवाग्राहीले दुःख पाएका छन । बिरामीहरू निजी क्षेत्र अस्पतालबाट सेवा लिादै ८ हजार देखी १८ हजार सम्म तिर्न बाध्य छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
रङ्गियो काठमाडौँ, ज्याकाराण्डा ढकमक्क (तस्बिरहरु)
-
९ महिनामा गण्डकी प्रदेशको पुँजीगत खर्च २९ प्रतिशत मात्रै
-
बौद्धिक पलायन रोक्न पाठ्यक्रम परिमार्जन गरौँ : प्रधानमन्त्री
-
ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा गौतम र वशिष्ठ नियुक्त
-
रेमिट्यान्सलाई उत्पादनमुखी बनाउन आवश्यक : मल्ल