मदन पुरस्कारका लागि यी ७ पुस्तक छानिए
काठमाडौं । मदन पुरस्कार गुठीले मदन पुरस्कार–२०७६ का लागि छनौट भएका ७ पुस्तकहरूको सूची सार्वजनिक गरेको छ। गुठीका अध्यक्ष कुन्द दीक्षितले बुधबार एक विज्ञप्ति जारी गर्दै २०७६ मा प्रकाशित कुल १५१ पुस्तकमध्येबाट सात पुस्तकहरूको सूची सार्वजनिक गरेको उल्लेख गरेका छन् ।
१० पुस्तकहरूको श्रेष्ठ सूची तयार गर्न गठन भएको समितिले सात पुस्तकहरूको सूची गुठीलाई उपलब्ध गराएको उनको भनाइ छ ।
छनौटमा परेका ७ पुस्तकहरू मध्ये एउटा पुस्तकलाई वर्ष २०७६ को मदन पुरस्कार अर्पण गरिने विज्ञप्तिमा उल्लेख छ ।
यी हुन् छनौटमा परेका ७ पुस्तक
जोकरको बन्दुक विमल निभा
धर्सैधर्साको चक्रव्यूह तीर्थ श्रेष्ठ
परित्यक्ता भुवन ढुङ्गाना
महारसनिघण्टु (खण्ड १ – ३) योगी धर्ममहारस
महारानी चन्द्रप्रकाश बानियाँ
मोहपथ ललित बिष्ट
यात्रामा शारदा शर्मा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छ : अर्थमन्त्री पुन
-
मन्त्रिपरिषद् बैठकमा सहकारीको समस्याबारे गम्भीर छलफल
-
कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत
-
बीआरआई परियोजनाबारे बृहत गृहकार्यको आवश्यकता
-
बलिउडमा डेब्यू गर्दैछिन् अक्षयकुमारकी भान्जी सिमर
-
कर्णालीमा समाजवादीले मुख्यमन्त्रीलाई मत दिने